राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न

  २०७७ माघ १० गते १५:०६     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न भएकाे छ । शनिबार भर्चुअल रुपमा बैंककाे ५६ औं वार्षिकोत्सव सम्पन्न भएकाे हाे ।

वार्षिकोत्सव अवसरमा बैंकले अनलाइनबाट नै खाता खाेल्ने सेवा सुरु गरेकाे छ । यसका साथै बैंकले एकैदिन ५ वटा शाखा कार्यलय र ५ वटा एक्सटेनस्न काउन्टर स्थापना गरेकाे छ । अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले उक्त दुई सेवाकाे भर्चुअल माध्यम मार्फत उद्घाटन गरेसँगैं ।  बैंककाे स्मारिका पनि विमाेचन गरे ।

बैंकका सिइओ किरण कुमार श्रेष्ठले वार्षिकोत्सवकाे अवसरमा बैंकले आागामी दिनमा अझ राम्राे गर्दै जाने बताए । यस्तै साे अवसरमा बैंकले वर्षकाे उत्क्रष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.