पठाओ यात्रुहरुकाे पनि भयाे दुर्घटना बीमा, बढीमा पाँच लाखसम्म पाउने

  २०७७ माघ १० गते ११:०१     विकासन्युज

काठमाडौं। राइड शेयरिङ पठाओमा चढ्ने यात्रुहरुको पनि दुर्घटना बीमा भएको छ । कम्पनीले शुक्रबार एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग पठाओमा चढ्ने यात्रुहरुको पनि बीमा गराएकाे हाे ।

यस बीमा सेवा अन्तर्गत राइडको दौरान कुनै पनि ग्राहक तथा राइडर/चालकको दुर्घटनाका कारणले मृत्यु, अपांगता भएमा बढीमा ५ लाख रुपैयाँसम्म बीमाबाट उपलब्ध हुनेछ ।

यस्तै कुनै पनि ग्राहक तथा राइडर/चालकले १ लाखसम्मको दुर्घटना उपचार बीमा पनि पाउने छन् । यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएपछि ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निवेदन दिनुपर्नेछ ।

पठाओ एप प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर/चालकले यो सुविधा पाउने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.