आज दिनभर: घरजग्गा किनबेच गर्ने केन्द्र स्थापना गर्दै सरकार, निर्माण सामग्रीकाे मूल्य घटाउन उद्याेगी तयार

  २०७७ माघ ९ गते १८:००     विकासन्युज

काठमाडौं । सरकारले जग्गा जमिन खरिद विक्रीलाई औपचारिक प्रणालीभित्र ल्याउन पहल थालेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भए अनुसार ‘ल्याण्ड मार्केट’ स्थापनाको लागि सरकारले समिति बनाएर अध्ययन गरिरहेको छ । यस्तै, चौतर्फी विरोधपछि उद्योगीहरु निर्माण सामग्री विशेष गरेर डण्डीको मूल्य घटाउन तयार भएका हुन् । व्यवसायीका अनुसार अहिले डण्डीको मूल्य प्रतिकेजी ८ रुपैयाँले घटेको हो ।

यी हुन् आज दिनभरका सामग्री

डण्डीको मूल्य घट्याे

केही महिना यता दिनप्रतिदिन बढ्दै गएको निर्माण सामग्रीको मूल्य एक सातादेखि भने घट्दै गएको छ । विशेष गरेर फलामजन्य डण्डी तथा स्टीलको मूल्य एक साता यता घट्दै गएको हो । दिनप्रतिदिन निर्माण सामग्रीको मूल्य बढ्दै गएपछि व्यवसायीहरुले त्यसको चर्को विरोध गर्दै आएका थिए ।

धितोपत्र व्यापारको काम गर्न नागरिक स्टक डिलरले पायो अनुमति

नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारको काम सञ्चालन गर्न अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई नेपालको पुँजीबजारमा धितोपत्र व्यापारको काम सञ्चालन गर्न अनुमति दिएको हो ।

 घरजग्गा किनबेच गर्ने केन्द्र स्थापना गर्दै सरकार

सरकारले जग्गा जमिन खरिद विक्रीलाई औपचारिक प्रणालीभित्र ल्याउन पहल थालेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भए अनुसार ‘ल्याण्ड मार्केट’ स्थापनाको लागि सरकारले समिति बनाएर अध्ययन गरिरहेको छ ।

दाङको घोंगीदेखि रौतहटको कटियासम्म चखाउँदै लेकाली किचन

कटिया तराईको चर्चित परिकार हो । माटोको भाँडामा खसीको मासु र मसला मिसाएर आगोको रापमा यो परिकार बनाइन्छ । विशेषगरी रौतहट क्षेत्रमा यो परिकार धेरै प्रचलित छ । कटिया अब रौतहट वा तराई क्षेत्रमा मात्र सिमित रहेन ।

माघ १० गतेदेखि दुई दिन सवारी साधन आवतजावतमा रोक

वाग्मती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा सञ्चालनमा रहेको हेटौंडाबाट भीमफेदी–देउराली हुँदै–कुलेखानी सडकखण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा यही माघ १० गतेदेखि दुई दिनका लागि सवारी साधन आवतजावतमा रोक लगाइने निर्णय भएको छ ।

नेपाल बैंकले शुरु गर्यो कर्पोरेट पे प्रणाली

 नेपाल बैंक लिमिटेडले कर्पोरेट पे प्रणालीको शुरुवात गरेको छ । बैंकले आफ्नो संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी उक्त प्रणालीको शुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो ।

सूनको मूल्य घट्यो

आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९३ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको हो ।

कृषि विकास बैंकले माग्यो ३२५ कर्मचारी 

कृषि विकास बैंकले विभिन्न १५ पदमा ३२५ जना कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

एनसीसी बैंककाे लाभांश पारित

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । माघ ९ गते सम्पन्न बैंककाे २३औं वार्षिक साधारणसभाले सञ्चालक समितिकाे १०.८१ प्रतिशत लाभांश प्रस्तावलाइ पारित गरेकाे हाे ।

चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँड

चन्द्रागिरी हिल्स लिमिटेडकाे आईपीओ बाँडफाँड भएकाे छ । कम्पनीले  निष्काशन गरेको आईपीओ शुक्रबार बिहान १० बजे गोलाप्रथामार्फत बाँडफाँड भएको हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.