धितोपत्र व्यापारको काम गर्न नागरिक स्टक डिलरले पायो बाेर्डकाे अनुमति

  २०७७ माघ ९ गते १७:१९     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारको काम सञ्चालन गर्न अनुमति पाएकाे छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई नेपालको पुँजीबजारमा धितोपत्र व्यापारको काम सञ्चालन गर्न अनुमति दिएको हो ।

नेपालको पुँजीबजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शीघ्रता ल्याउन र पुँजी बजारकाे विकासमा गतिशिल ल्याउने उद्देश्यले स्थापित कम्पनीलाई बाेर्डले अनुमति दिएको हाे । कम्पनीले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पुरा गरेपश्चात मात्रै बोर्डकाे अनुमति पाएकाे हो ।

हाल नेपालको पुँजीबजारमा हाल स-साना लगानीकर्ताको बाहुल्यता रहेको तथा संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको छ ।  नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धान मार्फत् हुने लगानी सम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पुँजीबजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डको विश्वास छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.