नेपाल बैंकको नयाँ एक्स्टेन्सन काउण्टर दोलखाकाे जिल्ला प्रशासन कार्यालयमा 

  २०७७ माघ ९ गते १५:०९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले दोलखाको जिल्लाप्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर खोलेको छ । बैंकले माघ ७ गतेबाट आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा चरिकोट स्थित जिल्ला प्रशासन कार्यालयको परिसरबाट सुरु गरेको हो ।

उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले गरेका हुन् । साे अवसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटो छरितो सेवा पाउने विश्वास व्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिए ।

उक्त अवसरमा बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सुरेन्द्र श्रेष्ठले जनताको सेवाको लागी यो एक्स्टेन्सन काउण्टरको सुरुवात गरेको र आधुनिक प्रविधि समेतको प्रयोग गर्दै सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । सुरुमा राजश्व संकलनको मात्रै काम हुने भएता पनि विस्तारै सबै सेवाबिस्तार गर्दै लगिने जानकारी समेत दिए ।

बैकले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य विभिन्न माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.