ऋण त लिने तर कसरी र कहाँबाट लिने ? मेगा क्यापिटलले दिँदै छ निःशुल्क परामर्श

  २०७७ माघ ९ गते १३:५८     विकासन्युज

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले ऋण लिन चाहने व्यवसायी, उद्यमी तथा संस्थालाई निशुल्क परामर्श दिने भएकाे छ । कोभिड-१९ को प्रकोपले सृजना भएको परिस्थिति तथा नेपालका व्यवसाय, उद्यमी, संस्थाहरुलाई पारेको असरलाई मध्यनजर गर्दै क्यापिटलले व्यवसायलाई सञ्चालन गर्न, पुनर्जीवन गर्न तथा व्यवसाय विस्तार र वृद्धि गर्न आवश्यक बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा जुटाउन आवश्यक सल्लाह निःशुल्क प्रदान गर्ने भएकाे हाे ।

साथै, वित्तीय बजारमा लामो समयदेखि रहि आएको सर्वसाधारण जनता, साना तथा मझौला उद्यमीहरु र उद्यम गर्न चाहनेहरुको बैंक तथा वित्तीय संस्थाहरुसंगको दुरी, बैंक तथा वित्तीय संस्थाहरुसंग सहीऋण कसरी लिने र कसरी त्यसबाट लाभप्राप्तगर्न सकिन्छ भन्ने ज्ञानको अभावलाई घटाउन उचित उपाय र परामर्श मेगा क्यापिटल मार्केट्सले दिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले बताए ।

सो सेवा अन्तर्गतयस क्यापिटलको लेखा, लेखा परीक्षण, जोखिम व्यवस्थापन, व्यवसाय संचालनमा दक्षता तथा कार्य अनुभव भएको उच्च व्यवस्थापनको कर्मचारीबाट उक्त परामर्श तथा सल्लाह प्रदान गरिने व्यवस्था मिलाईएको छ । उक्त परामर्शले तुलनात्मक हिसाबले, सस्तो पुँजीको श्रोत, ऋण सुविधा लिन तथा आवश्यक प्रक्रिया सरलता र ऋणमा पहुँच वृद्धि गर्नेछ ।

हाल बजारमा विध्यमान अत्याधिक तरलताको कारणले सस्तो व्याजदरमा ऋण सुविधा प्रदान भईरहेको हुनाले व्यवसायीले कम लगतमा व्यवसायलाई पुनरुत्थान गर्न तथा व्यवसाय विस्तार गर्न सहज हुने विश्वास कम्पनीले राखेको छ ।

व्यवसाय र नवीनतम ज्ञान, सिप र क्षमता भएका आविश्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थाहरुलाई निजहरुको योजना, सोच अनुरुपको व्यवसाय सफल पार्न समेत उक्त सेवाले सहज गर्ने कम्पनीकाे आशा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.