इन्फिनिटी लघुवित्तको सेयर मूल्य समायोजन

  २०७७ माघ ९ गते १२:३५     विकासन्युज

काठमाडौं । आज (माघ ९ गते) शुक्रबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १४.७५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १३४० रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता १५३८ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता १३४० रुपैयाँदेखि शुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.