प्रचण्ड–नेपाल पक्षको प्रदर्शनले काठमाडौंका सडक अस्तव्यस्त

  २०७७ माघ ९ गते ११:३४     विकासन्युज

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज काठमाडौंमा विरोध प्रर्दशन हुँदैछ । सो समूहले देशका ७७ वटै जिल्लाबाट कार्यकर्ताहरु काठमाडौं जम्मा गरेर आज विरोध प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध एक लाखभन्दा बढीको संख्यामा कार्यकर्ता काठमाडौँ उतारेर नेकपाले शक्ति प्रदर्शन गर्न लागेको हो ।

यसअघि नेकपाले गत पुस १४ गते पनि उपत्यकामा प्रदर्शन गरिसकेको नेकपा प्रचण्ड–नेपाल समूहले आज फेरि पदर्शन गर्ने भएको हो । सो आन्दोलन तथा प्रदर्शन संघर्ष समितिका संयोजक योगेश भट्टराईका अनुसार उपत्काका विभिन्न ९ स्थानबाट जुलुस निकाल्न लागिएको हो।

ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु हुनेछन् । अहिले विभिन्न ठाउँबाट कार्यकर्ताहरु विरोध प्रदर्शन हुने ठाउँतर्फ गइरहेको छन् ।

मानिसहरुको संख्या सडकमा अत्याधिक भएपछि सर्वसाधारण नागरिकले निकै सास्ती व्यहोर्नु परेकमो छ । बिहान १० बजे अधिकांश मानिसहरुको अफिस जाने समय हुन्छ । यही समयमा कार्यकर्ताहरुलाई सडकमा उतारेर नागरिकलाई सास्ती दिएको छ ।

ट्राफिकले अहिले उपत्यकाको रिङरोडभित्र ठूला यातायातका साधनलाई प्रवेश नदिँदा सर्वसाधारण, कर्मचारीलाई सास्ती भएको छ। त्यस्तै जुलुस सुरु हुन थालेसँगै काठमाडौँको माइतीघर, त्रिपुरेश्वर, पुतलीसडक, प्रदर्शनी केन्द्र, रत्नपार्क जमल आसपासको ट्राफिक अस्तव्यस्त बनेको हो ।

जुलुस सुरु हुनु अगाडि नै उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ। बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भई मूल जुलुसमा परिणत हुने र त्यसपछि सभामा परिणत हुने नेकपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.