अब लाइनमा होईन अनलाइनमै डिम्याट खाता खोल्न सकिने, नम्बर पनि १ घण्टा भित्रै पाइने

  २०७७ माघ ९ गते ११:३७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले “एनआईसी एशिया अनलाइन डिम्याट” सेवा सञ्चालन गरेको छ । पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा रहेको र डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासो बारम्बार आईरहेकोले हुँदा सर्वसाधारणलाई प्रविधिको प्रयोग मार्फत तुरुन्त डिम्याट खाता नम्बर उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ क्यापिटलले उक्त सेवा सञ्चालन गरेको हो ।

क्यापिटलले “एनआईसी एशिया अनलाइन डिम्याट” सेवा संचालन गरेको उपलक्ष्यमा २०७७ साल माघ मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणलाई डिम्याट खाता नि:शुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । हाललाई यो सेवा काठमाडौं उपत्यका भित्र मात्र उपलब्ध हुनेछ । साथै, निकट भविष्यमा काठमाडौं उपत्यका बाहिरबाट समेत अनलाइन मार्फत डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाइने क्यापिटलले जानकारी गराएको छ ।

अनलाइन मार्फत डिम्याट खाता खोल्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट वा सोझै यसमा क्लिक गरि रितपुर्वक विवरण भरी उक्त विवरण सक्सेस्फुल्ली सब्मिसन भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने क्यापिटलले जानकारी गराएको छ । साथै, उक्त सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने व्यहोरा समेत अनुरोध छ ।

हाल एनआईसी एशिया क्यापिटलले डिम्याट खाताको पहुँच बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरि “एक नेपाली, एक डिम्याट” अभियान संचालन गरिरहेको छ । क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.