एनसीसी बैंक संचालक समितिमा सर्वसम्मत, न्यौपाने फेरि अध्यक्ष बन्ने, पूर्वमन्त्री बस्नेत पनि दोहोरिए

  २०७७ माघ ९ गते १०:१०     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंक संचालक समिति सर्वसम्मत भएको छ । आज हुने बैंकको २३औं वार्षिक साधारणसभामा संचालक समिति सर्वसम्मत हुन लागेको हो ।

एनसीसी बैंक संचालक समितिमा उपेन्द्र केशरी न्यौपाने, मोहन बहादुर बस्नेत, चन्द्र वास्तोला, निशेष प्रधान, कुमारसिंह लामा सुमन जोशी सर्वसम्मत भएका छन् । न्यौपाने यसअघि बैंक संचालक समिति अध्यक्ष थिए । उनी पुनः अध्यक्ष बन्ने गरी संचालक बनेका स्रोतले जानकारी दियो ।

यस्तै, बैंक संचालक समिति सदस्य बनेका प्रधान सेयर लगानीकर्ता निर्मल प्रधानका छोरा हुन् । संचालक बनेका बस्नेत नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री हुन् । बस्नेत एनबी समुहबाट संचालक बनेका हुन् । बैंकमा एनबी समुहको करिब १३ प्रतिशत सेयर लगानी छ ।

बैंक संचालक समितिमा जान चाहे पनि सर्वसम्मत संचालक समिति बनाउने पहल भएपछि शम्भु अधिकारी बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.