हीरो मोटोकर्प बन्याे १० कराेड माेटरसाइकल उत्पादन गर्ने पहिलाे भारतीय कम्पनी

  २०७७ माघ ८ गते १७:१५     विकासन्युज

काठमाडौं । हिरो मोटोकर्प कुल १० करोड मोटरसाइकल उत्पादन गरेको छ । १० कराेड माेटरसाइकल उत्पादन गर्ने यो पहिलो भारतीय अटोमोटिभ उत्पादक बनेको छ ।

मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हीरो मोटाकर्पल बिहिबार आफ्नो कुल सञ्चित उत्पादनमा १०० मिलियन (१० करोड) इकाईको महत्वपूर्ण कोशेढुंगा पार गरेको हाे ।

हीरो मोटोकर्पले विश्वको सबैभन्दा ठूलो टुव्हीलर निर्माताको उपाधि कायम गरेको यो लगातार २० औं वर्ष पनि हो । उक्त उत्पादित १० कराेड माेटरसाइकलमा ५ करोड (५० मिलियन) इकाई केबल सात वर्षको अवधिमा उत्पादन भएकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीले आगामी पाँच वर्षसम्म प्रिमियम मोटरसाइकलको श्रृंखलासहित– हरेक वर्ष दसभन्दा बढी उत्पादन बजारमा ल्याउने जनाएकाे छ ।

यसै अवसर पारेर कम्पनीकाे अध्यक्ष डा. पवन मुन्जालले दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (नेसनल क्यापिटल रिजन–एनसीआर) को गुडगाउँस्थित कम्पनीको निर्माण संयन्त्रमा छ वटा नयाँ विशेष उत्सव संस्करण मोडेलहरूको पनि सार्वजनिक गरे । छ वटा उत्सव संस्करण मोडेलहरूमा मोटरसाइकलतर्फ स्प्लेन्डर प्लसं, एक्सट्रिम १६०आर, प्यासन प्रो, ग्लामर तथा स्कुटरहरूतर्फ डेस्टिनी १२५, मास्ट्रो एज ११० रहेका छन् जुन २०२१ को फेब्रुअरी महिनादेखि बिक्री हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.