थप सुविधाहरूसहित ‘आइएमई पे’ एप प्रयोगमा

  २०७७ माघ ८ गते १६:४४     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई पे’ एप नयाँ सुविधासहित प्रयाेगमा आएकाे छ । यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ ।

बिहिबारबाट प्रयोग योग्य यस वालेट प्रयोगकर्ताहरूका लागि अझ सहज र सुविधायूक्त हुने र एप थप सेवाग्राहीमैत्री बनाइएको कम्पनीले जनाएकाे छ ।

कम्पनीले एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरेकाे छ । एपलाई प्रयोगकर्ता मैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको कम्पनीले जनाएकाे छ ।

यस्तै कम्पनीले बैंकिङ्ग पहुँचभन्दा बाहिर रहनकालाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ । सामान्यतयाः आइएमई पे वालेटमा कम्तिमा १ हजार नेपाली रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ ।

साथै आइएमई पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘ आइएमई पे ’ एप प्रयोग गरि कारोबार गर्दा प्रति कारोबार मात्र १ बाट सेवाशूल्क शुरू हुनेछ ।

साथसाथै आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निशूल्क हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.