भायानेटले ल्यायाे किस्ताबन्दीमा ईन्टरनेट सेवा

  २०७७ माघ ८ गते १६:०७     विकासन्युज

काठमाडौं । भायानेट ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई अफर ल्याएको छ ।

इएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी इएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपले शुल्क तिर्न सकिने प्रावधान छ ।

यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र १ हजार ९ सय ५६ रुपैयाँमा १२ महिनाको अवधिको ३० एमबिपिएस इन्टरनेट, भायाटिभी टेलिभिजन प्याकेज र त्यससँग लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) पाउनेछन् ।

इएमआई अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाईट पनि उपलब्ध गराइने र यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध हुने कम्पनीले जनाएकाे छ । ।

यो अफर हालकाे लागि एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित रहेकाे र  छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने भायानेटले बताएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.