यसरी काठमाडाैं आईपुग्यो काेभिड-१९ विरुद्दको १० लाख डोज भ्याक्सिन (तस्विरसहित)

  २०७७ माघ ८ गते १४:१६     विकासन्युज


काठमाडाैं । भारत सरकारले नेपाललाई अनुदानमा दिएको काेभिड-१९ विरुद्दको १० लाख डोज भ्याक्सिन काठमाडौंमा आईपुगेको छ । एयर इन्डियाको विमानबाट साे मात्राकाे कोरोना विरुद्धको भ्याक्सिन (खोप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

भरतीय जनाता र सरकारकाे तर्फबाट नेपाली जनता र सरकारलाई उपहार स्वरूप ल्याइएकाे उक्त खोप नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्यमन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोनाविरुद्दको खोप फ्रन्टलाइनमा खट्ने सरसफाईकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिईने बताए । खोपको लागि आवश्यक कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पुरा भइसकेको उनले जानकारी दिए ।

यति खोप मात्रै पर्याप्त नभएको भन्दै उनले बाँकी खोप नेपाल भित्राउन पनि खरिद प्रक्रिया अगाडी बढाउने बताए । फ्रन्टलाइनमा खट्नेहरुलाई पहिलो चरणमा खोप दिएपछि क्रमश अन्य जनसंख्यालाई खोप दिने मन्त्री त्रिपाठीले बताए । खोपको अभियान सफलतापूर्वक सञ्चालन गर्न मन्त्रालय तयार रहेको र ढिलो नगरीकन अगाडी बढाईने उनको भनाई छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.