मेरो कार्यकालमा सबैको घर-घरमा सडक पुग्छः अध्यक्ष केदार क्षेत्री

  २०७७ माघ ८ गते १३:४३     विकासन्युज

बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो बलेफी । यो गाँउपालिका पर्यटकीय स्थलको रुपमा पनि चर्चित छ । यो गाँउपालिकाभित्र धर्मिक अनुयायीहरु जस्तै हिन्दु, बौद्ध र क्रिस्चियनहरु बसोबास गर्ने गरेका छन् । यहाँको मुख्य भाषा भनेको नेपाली हो । त्यस्तै तामाङ, नेवारी र अरु भाषा पनि बोलिने गर्दछन् । संघीय राजधानी काठमाडौंबाट करिव ७० किलोमिटरको दुरीमा रहेको यो गाउँपालिकामा खास गरेर २ वटा सिमा रेखा, एउटा सुनकोशी नदि रहेको छ भने अर्काे बलेफी नदी रहेको छ । गाँपालिकामा ठूला परियोजनाहरु के के रहेका छन् ? खेलकुदका योजनाहरु के–के रहेका छन् ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो ? गाँउपालिकाले युवालाई रोजगारीको अवसर कसरी सिर्जना गरिरहेको छ भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष केदार क्षेत्रीसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः

गाँउपालिकामा कोरोनाले के–कस्ता असर पुर्याएको छ, अहिले अवस्था कस्तो छ ?

गाँउपालिकामा कोरोना भाइरसले ठूलो असर पु¥याएको छ । खासगरी शिक्षा, स्वास्थ्यमा, मानिसको व्यावसाहिक जिन्दगीमा असर पुगेको छ । कोरोनाको समयमा हामीले २ ठाँउमा क्वारेन्टिन व्यवस्था गरेका थियौं । त्यसै, गरेर हाम्रो प्राथामिक स्वास्थ्य केन्द्र व्यावस्थापन गरेका थियौं । २ सय जनालाई गाँउपालिकाको क्वारेन्टिनमा राखेका थियौं । आइसोलेसनमा पनि केहि मानिसहरुलाई राख्नु परेको थियो । कोरोनाको समयमा सोनिटाइजर, माक्सको प्रयोग गर्नु पर्छ भने चेतनाको विकास भएको थिएन । हामीले माइकिङ्ग गरेर जनचेतना बढाउने काम गर्यौं । गाँउपालिकाको तर्फवाट जनतालाई माक्स सोनिटाइजर, साबुन आदिको वितरण पनि ग¥यौं । साबुन पानीले हात धुनु पर्छ भन्ने चेतनाको अभिवृद्धि पनि ग¥यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव छैन । तर पनि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर माक्स सेनिटाइजरको प्रयोग गरेर मात्र कामहरुलाई अगाडि बढाइरहेका छौं ।

कोरोनाको समयपछि गाँउपालिकाले विकास निमार्णको कामहरु कसरी अगाडी बढाइरहेको छ ?

विकास निर्माणको काममा कोरोनाले असर पु¥याएको छ । कोरोनाले कषिको काम, पशुपालनको काममा प्रभाव परेको छैन । विकास निर्माणको काममा ढिलाई भयो तर यसमा कोरोनाको प्रभाव परेका छैन । कोरोना जस्ता आपत विपत आइपर्यो भने स्वास्थ्य सेवालाई पूर्व तयारी राख्ख्नु पर्छ भन्ने चोतनाको विकास भएको छ । हाल हामी विद्युत, खोनेपानी, सिचाईको कामहरु गरिरहेका छौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?

सुरुमा क्वारेन्टिन जिम्मा स्थानीय तहले लिनुपर्छ भनिएको थियो । आइसोलेसनमा प्रदेश सरकारले हेर्नु पर्ने भनिएको थियो । कोरोनाको समयमा पनि प्रदेश सरकारले राम्रो भुमिका खेलेका थिएन । कोरोना विरुद्ध जनचेतना अभिबृद्धिको लागि प्रचार प्रसार गर्न प्रदेश सरकारले जम्मा १० लाख रुपैयाँ दिएको छ । कोरोनाको मात्र नभइ अरु कामको समन्वय ठिकै छ । प्रदेश सरकारले राखेका योजनाहरु करिव कार्यन्वयनको तहमा आएको छ । संघीय सरकारको विकास बजेट ५० प्रतिशत पनि खर्च हुने गरेको छैन । प्रदेश सरकारको ७५ प्रतिशत खर्च हुने गरेको छ भने स्थानीय सकारको शतप्रतिशत नै खर्च हुने गरेको छ । यो नतिजाले विकास निर्माणको मुल जिम्मा स्थानीय तहलाई दिनुपर्छ भन्ने देखाउँछ । केन्द्र सरकारले नीतिगत कामहरु गर्ने, विकास निर्माणका कुराहरु सबै प्रदेश सरकारलाई दिनु पर्छ । साना योजनाहरु सबै स्थानीय तहलाई दिनु पर्छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् ?

खासमा भन्नुपर्दा केन्द्र र प्रदेश सरकारले जे जस्ता कामहरु गर्छ हामीले पनि त्यस्तै काम गर्नुपर्छ । तर, हामीसँग विज्ञताको अभाव छ । कर्मचारीकै अभाव छ । यस्ता समस्याको सामना हामीले गरिरहेका छौं ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारबाट स्थानीय तहमा त्यति ठुलो सहयोग मिलेको छैन । केन्द्र सरकारबाट बजेट पठाउने वाहेक अरु सहयोग मिलेको छैन । केन्द्र सरकारले करिब ४ सय स्थानीय तहमा एकैचोटि ५ देखि १५ बेडको अस्पताल बनाउने घोषणा ग¥यो । गत मंसिर १५ गते सबै अस्पतालको सिलान्यास पनि भयो । मेरो गाँउपालिकमा प्रथमिक स्वास्थ्य केन्द्र छ, जुन गाँउपालिकाको वडा नं १ मा पर्छ । त्यो भवन भुकम्पपछि बस्न अयोग्य थियो । यो भवन निर्माणको लागि म आफै स्वास्थ्य मन्त्रालय ३ पटक पुगिसकेको छु । एउटाले अर्काेलाई पन्साउने र निर्णय नै नगरिदिने समस्या मैले भोगिरहेको छु । केन्द्र सरकारले अस्पताल निर्माणमा १८ करोड बजेटमा जम्मा एक करोड रुपैयाा मात्र पठाएको छ । पैसा नपठाए पनि टेन्डर खुलाउनेदेखि सबै व्यावस्थापन गाँउपालिकाले गर्न सक्छ । केन्द्र सरकारसँग तुरन्तै निर्णय गर्ने जिम्मा लिने अभिकारीको अभाव छ । केन्द्र सरकारबाट सशर्त र निशर्त भनेर दुई खालको बजेट आउने गरेको छ । एउटा शिक्षकको तलब र अर्काे कर्मचारी बजेट भनेर बर्षमा १५ करोड रुपैयाँ बजेट आउने गरेको छ । गाँउपालिकाको विभिन्न ठाँउमा कच्ची बाटोहरु छन् । कच्ची बाटोलाई १२ माहिना सञ्चालन गर्नेको लागि र यसलाई स्तरोन्नति गर्नको लागि धेरै बजेट आवश्यक पर्छ । पैसा भने केन्द्र सरकारबाट १५ कारोड रुपैयाँ मात्र आउने गरेको छ । यस्ता समस्या अन्य क्षेत्रमा पनि छन् ।

कस्ता किसिमको योजानालाई प्रथमिकता राखेर काम गरिरहनु भएको छ ?

गाँउपालिकमा बजेटको आकार हेर्ने हो भने हामीले सडकलाई नै प्रथमिकता दिएका छांै । शिक्षा र स्वास्थ्यलाई पनि प्रथमिकतामा नै राखेका छौं । गाँउपालिकमा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिन्छ कि भन्ने बारेमा पनि हाम्रो प्राथमिकता छ । विशेष गरेर शिक्षाको विकासबिना कुनै पनि प्रकारको चेतनाको विकास हुँदैन भनेर शिक्षालाई विशेष जोड दिएका छौं । खानेपानी र विद्युतमा पनि प्राथमिकता राखेका छौं ।

कोरोना भाइरसले शैक्षिक क्षेत्रमा कस्तो असर पुर्यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ?

कोरोनाले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । लकडाउनको समयामा नियमित पठन पाठन सञ्चालन गर्ने नसकेकोले हामीले ८ महिना विद्यालय बन्द गर्यौं । लकडाउनको समयमा पनि अध्यापनलाई निरन्तरता दिनको लागि ३ वटा विधि अगाडि बढायौं । गाँउपालिकामा रहेको अधिकांश भुभाग ग्रमीण भेग रहेको छ । अनलाइनबाट पनि हामीले पठनपाठन सञ्चालन गरायौं । बजारमा रहेका विद्यार्थीलाई अनलाइनबाट पढायौं । अनलाइन शिक्षा पनि प्रभावकारी बन्न सकेन । अनलाइन शिक्षा सिमित विद्यार्थीहरुको लागि मात्र भयो । रेडियोबाट पनि शिक्षा सिकाइ प्रक्रिया भएको थियो । रेडियोबाट पनि शिक्षा प्रभावकारी बन्न सकेन । कोरोनाले गर्दा वालवालिकाको मनोविज्ञानमा पनि असर पुर्यायो ।

अबको समयमा कोरोनको प्रभाव शिक्षा क्षेत्रमा छैन । गाँउपालिकामा रहेको सबै विद्यालयका पठन पाठन सञ्चालन निरन्तर रुपमा अगाडी बढिरहेको छ । गाँउपालिकामा ४ वटा मावि छन् । १ देखि १० सम्म कक्षाहरु सञ्चालन भएक छन् । तर, दरबन्दीको हिसावले हेर्ने हो भने मावि तहमा पढाउने शिक्षक एक जना पनि छैनन् । निमावि तहको शिक्षक र आधारभुत तहको शिक्षकले १० कक्षासम्म पढाउनु पर्ने वाध्यता छ ।

गाँउपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ?

गाँउपालिमा रहेको स्थानीय तह करीब करीब २० वर्षपछि गठन भएको हुनाले हाम्रो भैतिक संरचनाहरु थिएनन् । वडा कार्यलय भवन थिएनन् । भवनहरुको निर्माणको लागि धमाधम काम हुँदैछ । एउटा वडा भवन बनाउन मात्रै पनि ७० लाख रुपैयाँसम्म बजेट चाहिन्छ । गाँउपालिकमा जम्मा ८ वटा वडा रहेका छन् । स्वास्थ्य चौकीहरु बनाउन ७० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म आवश्यक पर्छ । केही सडक कालोपत्रे गर्ने काम सुरु गरेका छौं । यसपालि हामीले २ वटा बाटो कालोपत्रे गर्न सुरु गरेका छौं । बलेफीदेखि जलबिरे जाने एउटा सडकको लागि २९ करोड रुपैयाँ केन्द्र सरकारले दिएको छ । यसको टेन्डर भएको ४ महिना पुरा भई सक्यो । तर, यो अझै प्रकियामा नै गएको छैन ।

आफ्नो गाँउपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ?

गाँउपालिका काठमाडौंदेखि करिव ७० किलोमिटरको दुरीमा छ । खासगरेर गाँउपालिकाको २ वटा सिमा रेखा एउटा सुनकोशी नदी छ भने अर्काे बलेफी नदी छ । हाम्रो गाँउपालिकामा काठमाडौंबाट विदाको समयमा गएर शनिबार बसेर आईतबार अफिस भ्याउन सक्छन् । थेरै रकमा धेरै मनोरञ्जन पनि पाउन सकिन्छ । गाँउपालिकामा रहेको भोटेकोशी संसारमा रहेका ‘ह्वाइट रिभर’को नामले चिनिन्छ । संसारको एउटा आकर्षक रुपमा चिनिने यो नदी हाम्रो गाँउपालिकामा नै रहेको छ । यो नदीमा र्याफटिङ्ग हुने गरेको छ । यसलाई पनि हामीले प्रचार प्रसार गरिरहेका छौं । कोभिडको कारण पर्यटन क्षेत्र पनि पछि परेको छ । काठमाडौंमा धेरै जनसंख्या रहेको छ । काठमाडौंवाट नै घुम्नको लागि यो गाँउपालिकामा आउनेको संख्या ठूलो हुन्छ । आन्तरिक पर्यटनको सम्भावना ठूलो छ । भर्खरै खुलेको जुगल हिमाल आरोहण गर्ने बाटो यही गाँउपालिकाको वाटो भएर जानु पर्छ । यसको प्रचार प्रसार गर्ने सक्यौं भने वाह्य पर्यटन पनि धेरै ल्याउन सकिन्छ । यहाँ पुराना मठ मन्दिर, गुम्वा पनि रहेका छन् । यसको पनि हामीले प्रचार प्रसार गरिरहेका छौं । हामीले पर्यटनको लागि होमस्टेको पनि व्यवस्थापन गरेका छौं । १० लाख रुपैयाँमा लगानीमा हामीले होमस्टेको पनि सञ्चालन गरेका छौं ।

गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाँउपालिकाको मात्र नभई देशको नै मुख्य समस्या भनेको नै बेरोजगारीको हो । शिक्षित जनशक्तिको लागि पनि रोजगारीको पर्याप्त अवसर छैन । यो गाउँपालिकामा जलविद्युत कम्पनीहरु आएका छन् । युवालाई त्यसमा उपयुक्त हुने खालका तालिमहरु दिने गरेका छौं । सिलाई कटाइका तालिम दिने, तालिम मात्र दिने होइन, सिकेको सिपलाई काममा उतार्नको लागि रकमको माग गर्नु भयो भने २५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म दिने गरेको छौं । युवाहरुको लागि हामीले विभिन्न सिपयुक्त तालिमहरु प्रदान गरिरहेका छौं ।

गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

कृषि उत्पादनमा केही समस्या छ । चाहिएको समयमा मल नपाउने, विउ नपाउने समस्या छ । त्यसैले विउ भन्डारण गर्ने व्यवस्था मिलाएका छौं । सहकारीको विकास गरेका छौं । हामीले अनुदान दिने र समयमा मल ल्याउनको लागि प्रयत्न गरेका छौं । यस्तै, वन्यजन्तुको संख्या बढिरहेको छ । वन्यजन्तुले कृषकले उत्पादन गरेको तरकारी नस्ट गरिदिने गरेको छ । पशुपालनको कुरालाई पनि हामीले अगाडी सारेका छौं । युवाले बाख्रा, कुखुरा पालन सुरु गरेका छन् । हामीले बाख्रा पालन गर्नेलाई खोर व्यवस्थापन भनेर २५ हजार रुपैयाँ दिने गरेका छौं । २ वटा भैसी पालन गर्ने कृषकलाई १ वटा भैसी बराबर २० हजार रुपैयाँ अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषिको लागि ढुवानी खर्च अनुदान दिने गरेका छौं ।

गाँउपालिकामा मानिसहरु प्रयाः कस्ता समस्याहरु धेरै लिएर आउने गर्दा रहेछन् ?

गाँउपालिकामा मानिसहरु धेरै समस्याहरु लिएर आउने गरेका छन् । सेवा प्रवाहमा समस्या रहेको छ । गाँउपालिकामा मानिसले सडक राम्रो चाहियो भन्छन् । मुख्य समस्याको रुपमा बेरोजगारीे समस्या छ ।

तपाईंको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना छ ?

गाँउपालिकामा रहेका नागरिकलाई उन्नति प्रगति गर्ने, समृद्ध बनाउने अभियानमा हामी लागेका छौं । भौतिक पूर्वाधार निर्माण पनि गररिहेको छौं । गाँउपालिकमा रहेका सबै वडामा विद्युत पुगेको छ । सबै घर घरमा सडक पुगोस् भन्ने योजना मेरो रहेको छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्यचौकी सञ्चालमा रहेका छन् । मैले धेरै विकास निर्माण गर्न चाहेको छु तर सिमित बजेटको कारण ढिलाई भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.