लाभांश पारित गर्न राष्ट्रिय वाणिज्य बैंकले बोलायो वार्षिक साधारणसभा

  २०७७ माघ ८ गते १२:१८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो १५औं वार्षिक साधारणसभा सो दिन दिउँसो २ बजे केन्द्रीय कार्यालयको सभाहलमा भर्चुअल माध्यमबाट सभा बोलाएको हो ।

सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २ प्रतिशत बोनस सेयर र कर सहित २.५० प्रतिशत नगद गरी ४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो ।

कोभिड १९ को जोखिमका कारण सभा भर्च्युअल माध्यमबाट हुने भएकाले बैंकले सेयरधनीलाई इमेल मार्फत मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.