बजाज अटो विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बन्न सफल, बजार पुँजीकरणले नाघ्याे १६ खर्ब रूपैयाँ

  २०७७ माघ ७ गते २१:२७     विकासन्युज

काठमाडौं । बजाज अटो लिमिटेड बजार पुँजीकरण १६ खर्ब रुपैयाँ नाघ्ने विश्वव्यापी रुपमा पहिलो दुइ-पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको सेयर मूल्य आज(माघ ७ गते) एनएसईमा प्रतिसेयर ५५६६ रुपैयाँ पुगेर बजार पुँजीकरण १६ खर्ब १० अर्ब ७३ करोड रुपैयाँमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५औं वर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापना गरेको हाे ।

विश्लेषकहरूका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुइ-पाङ्ग्रे सवारी कम्पनीले १६ खर्ब रुपैयाँ बढीको बजार पुँजीकरण हासिल गर्न सकेका थिएनन् । यसप्रकार, बजाज अटो दुइ-पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन, १६ खर्ब रुपैयाँ बढीको बजार पुँजीकरण पुर्याउने विश्वमै पहिलो दुइ-पाङ्ग्रे कम्पनी पनि हो ।

बजाज अटोको यात्रा भारतमा ७५ वर्ष पहिले शुरू भएको थियो र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय छन् जसले यसलाई वास्तवमै “विश्वकौ लोकप्रिय भारतीय” ब्राण्ड बनाएको छ । यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसंगै यो विश्व बजारमा लगातार विस्तार भइरहेको छ ।

बजाज अटोको अस्ट्रियाको केटीएम एजीसँग एक अत्यधिक सफल साझेदारी छ जहाँ यस साझेदारीले केटीएमलाई प्रीमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माता बन्न मद्दत गरेको छ । आइकोनिक केटीएम र हुस्कर्वना दायराका धेरै मोडलहरू बजाज र केटीएमले संयुक्त रूपमा डिजाइन गरेका छन् र अमेरिका र जापान जस्ता विकसित देशहरू लगायत विश्व बजारमा निर्यातका लागि भारतमा निर्मित छन् । बजाज अटोले पनि ट्राइम्फ युकेसँग विश्व बजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलको नयाँ श्रृंखला बनाउनका रणनीतिक साझेदारी गरेको छ ।

यस उपलब्धीका बारेमा बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले भने, “मोटरसाइकल वर्गमा कम्पनीको विशेष ध्यान र विभेदको रणनीतिप्रति अटल प्रतिबद्धता र टीपीएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर आज बजाजलाई विश्वभर सर्वाधिक मूल्यवान दुई पाङ्ग्रे सवारी कम्पनी बनाएको छ । यसले हामीलाई अझ बढि सेवा प्रदान गर्न र विश्वभरि ग्राहकहरुलाई खुशी पार्न प्रोरित गरेको छ ।”

बजाज अटो बजाज समूहको फ्ल्यागसीप कम्पनी हो । बजाज समूह भारतमा शीर्ष १० व्यापार घरानाहरु मध्ये एक हो । सन् १९२६ मा भारतमा स्वतन्त्रताको लागि आन्दोलनको चरम सीमामा स्थापित यो समूहको उत्कृष्ट इतिहास छ । बजाज अटो मोटरसाइकलको लागि विश्वको तेस्रो ठूलो निर्माता र तीन पाङ्ग्रे सवारीको सबैभन्दा ठूलो निर्माता हो । बजाज अटो भारतको नम्बर १ मोटरसाइकल र तीन पाङ्गे निर्यातकर्ता हो, भारतबाट निर्यात तीन मध्ये दुई बाइक र तीन पाङ्गे बजाजले बनाएको पाइएको छ । ७० भन्दा बढी देशहरूमा १५ मिलियन भन्दा बढी मोटरसाइकलहरू बिक्री भएसंगै, बजाज अटोले भारत सरकारको “मेक इन इंडिया” दर्शनको लागि उल्लेखनीय बेन्चमार्क कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.