नेपालमा लगानी गरेर फाइदा लिन एसिडी राष्ट्रलाई अध्यक्ष बस्नेतकाे आग्रह

  २०७७ माघ ७ गते २१:००     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का कार्यकारी समिति सदस्य तथा द्वि-राष्ट्रिय एवं एनआरएन समन्वय फोरमका अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले एसिएन कर्पोरेशन डाईलग मेम्बर कन्ट्रीज (एसिडी) राष्ट्रहरुबीच कनेक्टिभिटीमा जोड दिनुपर्ने बताएका छन् । बस्नेतले एसिडीका चेम्बर्स अफ कमर्स (सिसीआई) को पहिलो भर्चुअल सम्मेलनलाई नेपालको तर्फबाट सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

एसियाली सहयोग संवाद (एसीडी) को बुधबार आयोजित ‘दि इकोनिमक स्टेट अफ प्ले इन द एसियन कोअपरेसन डायलग मेम्बर कन्ट्रिज’ विषयक सो भर्चुअल सम्मेलनमा बोल्दै बस्नेतले एसिडी राष्ट्रहरुबीच क्षेत्रीय र अन्तरदेशीय सम्पर्क सुधार गर्नु आवश्यक रहेको बताए । उनले यसका लागि यातायात पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गर्दै राजमार्ग, रेलवे, एयर–लिंक, समुद्री मार्गहरू, साथसाथै एसीडीका सदस्यहरूका बीच डिजिटल कनेक्टिभिटीमा जोड दिए । बस्नेतले सफ्टवेयर (सीमापार नीति सम्बन्धित) र हार्डवेयर (व्यापार सुविधा पूर्वाधारसँग सम्बन्धित) दुबै सम्पर्क पक्ष निर्माण गर्नुपर्ने र दिगो हुनुपर्ने बताए ।

साथै वर्तमान व्यापार सम्बन्धलाई बढावा दिन र नयाँ उत्पादनका लागि व्यापारको सम्भावना पहिल्याउन समेत उनले आग्रह गरे । ‘यसका लागि हामीले व्यापार र लगानी, व्यापार सुविधा सम्बन्धित नीतिगत विषयहरुमा हामीबीच थप काम गर्नु आवश्यक छ’, बस्नेतले भने । व्यापार वृद्धिको लागि जनस्तरमा सम्बन्ध सुधार, पर्यटनमा जोड दिन आवश्यक रहेको बताउँदै एसिडी देशहरू बिच राम्रो हवाई कनेक्टिभिटी थालनी गर्नुपर्ने बताए ।

बस्नेतले टर्की एशिया र युरोप बीचको केन्द्र भएको बताउँदै टर्कीको पहुँँच यूरोपसम्म भएकाले एसीडीले ईयूसँगको सम्बन्ध पनि बिस्तार गर्न सक्ने बताए । नेपालको टर्कीसँग सीधै टर्की एयरवेजको सम्पर्क भएको नेपालले टर्कीलाई युरोप र सम्बन्धित एसीडी राष्ट्रहरूको प्रवेशद्वारको रूपमा उपयोग गर्न उत्सुक रहेको बस्नेतले बताए ।

कोभिड १९ का कारण विश्व दुर्भाग्यपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउँदै विश्वले आर्थिक मन्दीको सामना गर्दै गरेको र विश्वव्यापी अनिश्चितता रहेको बताए । ‘यो अवस्थामा क्षेत्रीय र विश्ववयापी सहयोगको भूमिका पहिले भन्दा थप महत्वपूर्ण भएको छ’, बस्नेतले भने ।

बस्नेतले नेपालको वर्तमा आर्थिक अवस्थाको बारेमा संक्षिप्त प्रकाश पार्दै विशेष गरी व्यापार र लगानीका सम्बन्धमा विश्व बैंकको डूइंग बिजनेस इन्डेक्स २०२० ले नेपाललाई सबैभन्दा अनुकूल राष्ट्रहरुमध्ये ९४ औं नम्बरमा राखेको उल्लेख गर्दै दक्षिण एसियाली देशहरूमध्ये नेपाल तेश्रो स्थानमा रहेको बताए ।

बस्नेतले नेपालको जनसंख्या, भौगोलिक स्थिति तथा विविध विषयमा प्रकाश पार्दै नेपाल व्यापार तथा लगानीका लागि निकै उपयुक्त रहेको सम्मेलनमा उल्लेख गरे । नेपालमा काम गर्ने उमेरको जनसंख्या ५७ प्रतिशत रहेको उल्लेख गर्दै छिमेकी देशहरूको तुलनामा श्रम लागत कम रहेको बताए ।

नेपाल सार्क, बिम्सटेक, डब्ल्यूटीओ, मिगा, बीआरआई, युएनसीटीएड र धेरै महत्वपूर्ण बहुपक्षीय निकायको सदस्य रहेको उल्लेख गर्दै बस्नेतले नेपालले ५ वटा राष्ट्रहरुसँग विप्पा सम्झौतामाहस्ताक्षर गरेको तथा ११ देशहरूसँग डीटीएएमा हस्ताक्षर गरेको उल्लेख गरे ।

नेपालको छिमेकी भारत र चीनजस्ता ठूला राष्ट्रहरु रहेको बताउँदै बस्नेतले भारतसँग ‘व्यापार सन्धि र पारवहनको सन्धि तथा चीनसँग ट्रान्जिट र व्यापार सम्झौता भएको सम्मेलनमा बताए । यस्तै बस्नेतले नेपालले एफडीआईमा शतप्रतिशत स्वामित्व अनुमति दिने तथा पूर्ण स्वदेश फिर्ताको लागि अनुमति दिएको पनि बताए । बस्नेतले नेपालले ऊर्जा, यातायात पूर्वाधार र उत्पादनजस्ता केही प्राथमिकताका क्षेत्रमा प्रतिस्पर्धी कर्पोरेट करको व्यवस्था गरेको पनि बताए ।

बस्नेतले नेपालमा लगानीका रणनीतिक फाइदाहरूहरु प्रस्तुत गर्दै नेपाल, भारत र चीनको बीचमा अवस्थित रहेको र कूल २.७ अर्ब जनसंख्या र सबैभन्दा ठूलो बजार भएको उल्लेख गरे । यस्तै भारतमा खुला सीमा पहुँच तथा चीनमा ८ हजार बढी उत्पादनहरूका शुल्कमुक्त पहुँच रहेको बताए । अमेरिकामा सन् २०२६ सम्म ७७ वटा उत्पादनहरूको लागि निःशुल्क पहुँच रहेको तथा ड्युटी फ्री कोटामा ईयूमा निः शुल्क पहुँच रहेको पनि उल्लेख गरे ।

नेपाल भूपरिवेष्ठित देश भएपनि भारतका २ पूर्वी पूर्वी बन्दरगाह कोलकाता र र विशाखापटनमा मा पहुँच रहेको तथा हालसालै चीनले नेपाललाई तेस्रो मुलुकमा ट्रान्जिटका रूपमा ७ वटा बन्दरगाह (चीन भित्र सुख्खा बन्दरगाह, र समुद्री बन्दरगाह, टियानजिन र शेन्जेन समुद्र सहित) प्रयोग गर्नका लागि पहुँच दिएको पनि जानकारी गराए ।

बस्नेतले सम्मेलनमा व्यापार, पर्यटन र लगानीको लागि नेपालमा आकर्षक र सम्भावना भएको देश रहेको बताए । बस्नेतले एसीडी राष्ट्रका सबै सदस्यहरू तथा लगानीकर्ताहरूलाई नेपालमा व्यापार सम्बन्ध स्थापित गर्न आमन्त्रित गदै स्वागतसमेत गरे । टर्कीमा आयोजना भएको एसियाका कुल ३५ देश सम्मिलित एसिडी मुलुकहरुको उद्योग तथा वाणिज्य चेम्बर्सको उक्त सम्मेलनमा नेपालकोतर्फबाट बस्नेतको मात्र सहभागिता रहेको थियो ।

सो कार्यक्रमलाई टर्कीका वाणिज्य मन्त्री रुसहर पिकेन, एसिडीका महासचिव डा. प्रोन्चाई डान्भिभातनालगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.