इन्जिनियरलाई मेगा बैंकको विशेष सुविधाः बिनाधिताे लाेनसहित दुर्घटना बीमा पनि

  २०७७ माघ ७ गते १९:४९     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । बैंकको सीईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार, इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।

यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिनाधितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.