अमेरिकाका राष्ट्रपति ट्रम्पले नयाँ पार्टी खोल्ने बारे छलफल गर्दै

  २०७७ माघ ७ गते १६:३३     विकासन्युज

एजेन्सी । आजदेखी अमेरिकी राष्ट्रपतिको कार्यकाल सकिन लागेका डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्ने बताएका छन् । त्यसको लागि उनले छलफल चलाईरहेका छन् । ट्रम्पले नयाँ पार्टीको नाम प्याट्रियट पार्टी राख्न चाहेका छन् । जतिसुकै आलोचना भए पनि ट्रम्पले फेरी आफ्नो प्रभाव जमाउन चाहेका छन् । पछिल्ला दिनमा रिपब्लिकन पार्टीका नेताहरुसँग उनको असमझदारी बढ्दै गएको देखिन्छ । जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको हिंसात्मक घटनापछि ट्रम्पको आलोचना झन् बढ्दै गएको छ ।

अमेरिक मिडियाका अनुसार ट्रम्पले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइट हाउस छाड्ने बताइएको छ । गत नोभेम्बरमा जो बाइडेनसँग ट्रम्पले चुनाव हारेका थिए । तर, उनले आफ्नो हार अस्विकार गरिरहेका छन् । बरु चुनाबमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

ट्रम्पका विरुद्ध दोस्रो महाअभियोग लागेको छ । यदि माथिल्लो सदन सिनेटबाट महाअभियोग पारित भएमा ट्रम्पले सन् २०२४ को आगामी चुनाबमा भाग लिन पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.