यूनाईटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित

  २०७७ माघ ७ गते १६:१७     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज(माघ ७ गते) वेविनार मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो ।

सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहविवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६।०७७ का लागीबाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट््लाई नियुक्त गरेको छ ।

सभाले कम्पनीको विशेष प्रस्ताव अन्तर्गतको कम्पनीको सेयर संरचना परिवर्तन गर्ने प्रस्तावलाई पारित गरेको छ । बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सभाले सर्वसहमतिले पारित गरेको हो ।

कम्पनीको आ.व.२०७७।०७८ को वित्तीय विवरण अनुसार इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी ४८ करोड ८० लाख रुपैयाँ रहेको छ । खुद बीमा शुल्क आम्दानी २३ करोड ०७ लाख रुपैयाँ रहेकोमा खुद नाफा २ करोड २२ लाख रुपैयाँ रहेको छ । यस कम्पनीको लगानी गत आ.व. को तुलनामा ३.९३ प्रतिशतले वृद्धि भई आषाढ मसान्तमा ६९ करोड ८४ लाख रुपैयाँ पुगेको छ । आ.व. २०७५।०७६ मा कम्पनीको कुल कारोवार गत आ.व. २०७४।०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई ४८ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.