ह्वाईट् हाउसमा जो बाइडेनको आज दोस्रो इनिङ हुँदै

  २०७७ माघ ७ गते १६:०३     विकासन्युज

एजेन्सी । जो बाइडेन आजबाट अमेरिकाको ४६ औं राष्ट्रपतिका बन्दैछन् । पाका र अनुभवी राजनीतिज्ञ जो बाइडेनको पूरा नाम जोसेफ आर.बाइडेन हो ।
२० जनवरी, २०२१ देखी अमेरिकाको राष्ट्रपति हैसियतमा उनले कार्यभार सम्हाल्दै छन् । चार वर्षको कार्यकाल सम्हाल्ने गरी ह्वाईट् हाउस प्रवेश गर्न लागेका ७८ वर्षिय बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपतिमा चुनिने व्यक्ति हुन् ।

तर, अर्को रोचक कुरा अमेरिकाको इतिहासमा सबैभन्दा कम उमेरमा सेनेटमा निर्वाचित हुने व्यक्ति पनि बाइडेन नै हुन् । २९ वर्षकै उमेरमा बाइडेन अमेरिकाको सेनेटमा निर्वाचित भएका थिए । डेलावेयरमा उनले ६ कार्यकाल सेवा गरेका थिए । दुई पटक उप–राष्ट्रपतिका रुपमा काम गरिसकेका बाइडेन वातावरण सुरक्षा र जलवायु परिवर्तनका मुद्धामा गम्भिरतापुर्वक लागि पर्छन् ।

२०२० को नोभेम्बरमा चुनावमा बाइडेन डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका थिए । बहालबाला राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई हराउँदै नोभेम्बर ७ मा निर्वाचित बने । डिसेम्बर १४ मा इलोक्टोरल कलेजले बाइडेनका पक्षमा ३०६ र ट्रम्पका पक्षमा २३२ मत दियो । बहालबाला राष्ट्रपति ट्रम्पले आफ्नो हार अस्विकार गर्दै चुनावमा धाँधली भएको आरोप लगाए ।

यसअघिका राष्ट्रपति बराक ओबामाको कार्यकालमा उनले उप–राष्ट्रपतिका रुपमा ह्वाइट आउसमा काम गरिसकेका छन् । बाइडेन ३६ पटक सांसद र ८ वर्ष उप–राष्ट्रपतिको भूमिका निभाईसकेका छन् । बाइडेनले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेका छन् । कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेले । कोरोना महामारीका कारण एकातिर बेरोजगारी समस्या बढ्दै गयो । अर्कोतिर आर्थिक संकट गहिरिदै गयो । यो समस्या समाधानका लागि बाइडेनले विशेष राहत प्याकेजको घोषणा गरे ।

राष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश गरिसकेपछि बाइडेलको परराष्ट्र नीतिमा पनि व्यापक फेरबदल आउने विश्वास गरिएको छ । आप्रवासिका लागि उनले नयाँ भिसा नीति अपनाउने यसअघि उनले चालेका अभियानले देखाईसकेको छ । जीवनको आधा उमेर खुला जीवन बाँचिसकेका बाइडेनले अमेरिकालाई थप नयाँ उचाईमा पर्‍ुयाउने अठोट गरिसकेका छन् । राष्ट्रपतिको चुनावमा जितिसकेपछि उनले चालेका केही कदमले त्यसको छनक दिईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.