भारतले कोरोना विरुद्दको १० लाख डोज खोप अनुदान दिने, बिहीबार नै काठमाडौं आइपुग्ने

  २०७७ माघ ७ गते १५:५८     विकासन्युज

काठमाडौं । भारत सरकारले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदानमा दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी भारतले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदान सहयोग गर्ने जानकारी दिईएको हो ।

मन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोनाविरुद्दको खोप फ्रन्टलाइनमा खट्ने सरसफाईकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिईने बताए । खोपको लागि आवश्यक कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पुरा भइसकेको उनले जानकारी दिए ।

आवश्यक खोप बिहीबार नै काठमाडौं आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिए । यति खोप मात्रै पर्याप्त नभएको भन्दै उनले बाँकी खोप नेपाल भित्राउन पनि खरिद प्रक्रिया अगाडी बढाउने उनको भनाई छ । फ्रन्टलाइनमा खट्नेहरुलाई पहिलो चरणमा खोप दिएपछि क्रमश अन्य जनसंख्यालाई खोप दिने मन्त्री त्रिपाठीले बताए । खोपको अभियान सफलतापूर्वक सञ्चालन गर्न मन्त्रालय तयार रहेको र ढिलो नगरीकन अगाडी बढाईने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.