काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त

  २०७७ माघ ७ गते १५:२९     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उहालाई उपकुलपति नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा नलाई उपकुलपति नियुक्त गरेको हो ।उपकुलपति छनोट गर्न गठित समितिले डा. रामकण्ठ मकाजू, प्रा. डा. भोला थापा र प्रा. डा. बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।

सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहेका थिए । काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि सो विश्वविद्यालयमा प्रध्यापन पेशा गर्दै आएका प्राडा थापाले सो विश्वविद्यालयमा २७ वर्ष काम गरेका छन् । नवनियुक्त थापा ९ वर्ष डीन र ५ वर्ष रजिष्ट्रार भएका थिए ।

पेशामा मेकानिकल इन्जिनियर उपकुलपति प्राडा थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधी गरेका हुन् । थापाले विश्वविद्यालयको शैक्षिक उन्नयनमा आफु लागि पर्ने र हाल देखिएका समस्या समाधान गर्न आफु हर सम्भव लागि पर्ने बताउदै त्यसको लागि पुर्व उपकुलपति, प्राध्यापक संघ लगायतसंग सहकार्य गरी अघि बढ्ने बताए ।

मन्त्री श्रेष्ठको अध्यक्षतामा गठित समितिमा ४४ जनाले उपकुलपति हुन आवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.