केन्टकाे सुप्रीम लाइट र ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा

  २०७७ माघ ७ गते १४:३०     विकासन्युज

काठमाडौं ।  नेपालमा केन्टकाे उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइनल गरी दुई आर.ओ.मोडेल नेपाली बजारमा ल्याएको छ ।

केन्ट सुप्रीम लाइटमा केन्टको खनिज आर.ओ. टेक्नोलोजी र टीडीएस नियन्त्रकको प्रयाेग गरिएकाे छ । यस शुद्धीकरणले पानीबाट हुने रोगहरूबाट जोगाउँदछ । यसले पानीलाई शुद्ध गरेर अत्यावश्यक प्राकृतिक खनिजहरूलाई यथावत राख्दछ ।

केन्ट सुप्रीम लाइट सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त हुन्छ । यसमा भएको आर.ओ. + यु.एफ.+ टीडीएस नियन्त्रणको बहु–शोधन प्रक्रियाले पिउने पानीलाई १००% शुद्ध र पिउन योग्य बनाउँदछ । यसकाे नेपाली बजार मूल्य २१ हजार ९ सय ९० रहेको छ ।

यस्तै केन्ट ग्रान्ड प्लस अल्कलाइनले शत प्रतिशत शुद्ध र खनिजयुक्त शुद्ध पानी प्रदान गर्दछ जसमा केन्टको खनिज आर.ओ. टेक्नोलोजी रहेको छ । नेपाली घरहरू र कार्यालयहरूको लागि उपयुक्त, यो उपकरण सबै खालको पानीको शुद्धिकरणको लागि उपयुक्त छ ।

केन्टको उत्कृष्ट अल्कलाइन आर.ओ. प्यूरीफायरले पानीको पी.एच. स्तर कायम राख्दछ । यसकाे नेपाली बजारको मूल्य २९ हजार ९ सय ९० रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.