२६ वाणिज्य बैंकभन्दा कृषि बैंक कृषिमा अब्बल छः गभर्नर अधिकारीको विचार

  २०७७ माघ ७ गते १३:१७     महाप्रसाद अधिकारी

कृषि विकास बैंकको हिजो र आज तुलना नगर्न मिल्ने गरी ग्रोथ भएको छ । एनपीएको सुधारको सवालमा, पारदर्शीता लगायतका विषयहरुमा धेरै फरक बैंकको रुपमा कृषि विकास बैंक आइसकेको छ । त्यति हुँदा हुँदै पनि हामीले अन्य बैंकहरुसँग तुलना गर्ने हो । २६ वटा बैंकसँग यहाँहरु कहाँ हुनुहुन्छ भन्ने कूरा हामीले अध्ययन गर्ने हो । निक्षेप संकलनको सन्दर्भमा कृषि विकास बैंक ११औं नम्बरमा छ । कर्जा लगानीको रुपमा ८ औं बैंकको रुपमा, विदेशी मुद्रा कारोबारमा सबैभन्दा तल र समग्रमा २७ वटै बैंकहरुको तुलनामा कृषि विकास बैंक २६ औं नम्बरमा छ । त्यसैले यस अगाडि भएका सुधारहरुको म प्रशंसा गर्न चाहन्छु । त्यस साथसाथै हामीले अझै प्रतिस्पर्धी हुनु पर्नेछ । हामीले गर्नु पर्ने कामहरु धेरै छन् । यहाँहरुको निरन्तर प्रयास हुन्छ भन्ने पनि मेरो विश्वास छ ।

कृषि विकास बैंकसँग नेपाल सरकार र नेपाल राष्ट्र बैंकले धेरै अपेक्षाहरु गरेको छ । हामीले मौद्रिक नीति मार्फत पनि केही जिम्मेवारी र व्यवस्थाहरु गरिसकेका छौं । कृषि विकास बैंकलाई केही विषयहरुमा अग्रणी भूमिका खेल्नको लागि नीतिगत व्यवस्थाहरु पनि गरिसकेका छौं ।

यसको काम यहाँहरुले सुरुवात गरिसक्नु भएको छ । सुरुवात आफैमा आधा काम हो । त्यसको प्रभावकारी कार्यान्वयन पनि महत्वपूर्ण कूरा हो । किसान क्रेडिट कार्डलाई यहाँहरुले प्रभावकारी प्रयोग गर्नु हुन्छ भन्ने हामीले विश्वास मैले लिएको छु । यसको सेवा सुविधा सबै किसानले पाउनेछन् भन्ने आशा अपेक्षा र विश्वासका साथ साथै यो क्रडिट कार्ड र किसान एपमार्फत बैंकिङ सूचना र अपडेटहरु निरन्तर र छिटो छरितो बैंकले गर्ने छ भन्ने पनि हामीले आशा राखेका छौं ।

नेपाल सरकारले लिएको कृषि क्षेत्रको नीतिमा कृषि विकास बैंकको धेरै ठूलो भूमिका छ । अहिले समग्र वाणिज्य बैंकहरुबाट भएको लगानीको २० प्रतिशत कृषि विकास बैंकबाट भएको छ । व्यावसायिक निरन्तरता कर्जालाई प्रभावकारी बनाउन कृषि विकास बैंकले महत्वपूर्ण भूमिका खेल्छ नै । पुनकर्जा काष्याएन्वयनमा पनि कृषि विकास बैंकले प्रभावकारी काम गरेको छ भन्ने हाम्रो मूल्यांकन छ ।

नेपाल सरकार र राष्ट्र बैंकले लिएको महत्वपूर्ण नीति डिजिटल नेपाल फ्रेमवर्क हो । दशैभरी डिजिटल रुपमा कारोबार होस् । सबै नागरिकको पहुँचमा डिजिटल कारोबारको पहुँच पुगोस् भनेर हामीले धेरै प्राथमिकता दिइरहेका छौं । जसले नगद कारोबार कम गर्दै लैजाने छ र डिजिटल कारोबार बढ्नेछ । यस नीतिमा पनि कृषि विकास बैंकले काम पनि सुरु गरिसकेको छ । यो अभियान सफल हुनेछ ।

अर्को महत्वपूर्ण विषय भनेको नेपाल सरकारले कृषि विकास बैंकले कृषि क्षेत्रको नेतृत्वका लागि काम गरोस् भन्ने जिम्मेवारी पनि दिएको छ । यसको स्रोत जस्तै कृषि फण्ड पनि छ । त्यसका लागि नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले पनि स्वीकृती दिइसकेको छ । चाँडै नै यो बण्डमार्फत थप स्रोतहरु जुटाई लगानी बढाउने छ भन्ने हाम्रो अपेक्षा र विश्वास छ । हाम्रो आशा र छ यस बैंकबाट जाने कर्जा हाम्रो समुदाय, नागरिकमा र समग्र देशको अर्थतन्त्रमा धेरै योगदान गर्नेछ । कृषि विकास बैंकसँग हामीले अन्य धेरै आशाहरु राखेका छौं । कृषि विकास बैंकसँग धेरै पूर्वाधारहरु छन् । जसको सही सदुपयोगले समग्र बैंक र कृषकहरुलाई तालिम प्रदान गर्नको लागि सहयोग मिल्नेछ ।

ती पूर्वाधारहरुमा नेपाल सरकार, राष्ट्र बैंक, अन्य बैंकहरु मिलेर ती संरचनाहरुलाई आधुनिक बनाई प्रयोग गर्न सक्छौं । यसमा केही कामहरु पनि भइरहेको छ । यसमा कृषि विकास बैंकले भूमिका खेल्नेछ । मैले भनि राख्नु पर्दैन हाम्रो चुल्हो कृषिबाट बल्छ । कुल जीडीपीको २८ प्रतिशत कृषिको नै योगदान छ । कृषिमा गरिने लगानीको कति स्ट्रेन्थ होला भनेर मैले भनिराख्नु पर्दैन । हामीसँग प्रशस्त लागनीका अवसरहरु छन् । हाम्रा कृषि बजारहरु धेरै छन् । तर तिनीहरुलाई आधुनिक बनाउन आवश्यक छ ।

अहिले हामीसँग धेरै सम्भावनाहरु छन् । फाइनान्स कम्पनीले एडभाइजरी र काउन्सिलिङ दिन आवश्यक छ । कृषि विकास बैंक जस्तो विशिष्टकृत बैंक कृषिमा अरु कुनै बैंक छैन । कृषि विकास बैंकले अन्य किसिमको ट्रेड फाइनान्समा जोड दिनु भन्दा कृषिमै जोड दिनु आवश्यक छ । किनकि आफ्नो कन्फिडेन्सी कृषिमा छ । कृषि भित्रै धेरै क्षेत्रहरु छन् । अन्य २६ वटा वाणिज्य बैंकहरुभन्दा कृषि विकास बैंक कृषिमा अब्बल छ ।

अहिले संसार भरी वेरोजगारी भइरहेको अवस्थामा हामीले त कमसेकम बैंकमा जागीर पाएका छौं । त्यसैले आफ्नो काममा निरन्तरता दिऔं । खाईपाई आएको सेवा सुविधा व्यवस्थापनले नगर्ने होइन पक्कै गर्नेछ । तर, यस्तो अवस्थामा कर्मचारीहरुले आफ्नो संस्थामा डेडिकेटेड भएर काम गरौं । बैंकको हकहित र आफ्नो वृद्धिविकासमा लाग्नै पर्छ । कारोबारलाई असजिलो पार्ने, आदी इत्यादी कूरामा लाग्ने समय यो होइन । कोरोना भाइरसले हामी सबैलाई असर पुर्याएको छ । यस्तो बेलामा सबैले समझदारी रुपमा काम गरेर व्यवस्थापनलाई सहयोग गर्नु हुनेछ भन्ने मेरो हो ।

(नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सवमा राखेको धारणा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.