पिपुल्स हाइड्रोपावरले साढे ८२ करोड रुपैयाँको सेयर निष्काशन गर्दै, बिक्री प्रबन्धक सानिमा क्यापिटल

  २०७७ माघ ६ गते २०:११     विकासन्युज

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ८२ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जारी पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । प्रवर्द्धकको तर्फबाट १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ लगानी भईसकेको र सर्वसाधारण लगानीकर्ता तथा स्थानीयबासीको तर्फबाट ८२ करोड ५० लाख पुँजी जुटाउन लागिएको कम्पनीले जनाएको छ ।

पिपुल्स हाइड्रोपावरले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । सो क्रममा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

लमजुङ्ग जिल्लामा निर्माण गर्न भईरहेको ५४ मे.वा. क्षमताको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’को लागि पुँजी जुटाउन सेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । उक्त आयोजना निर्माणतर्फ करिव ७० प्रतिशत काम सम्पन्न भएको र २०७८ साल असोज महिनाभित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.