रफ्तारमा रहेको बैंकको कर्जा लगानी माघमा आएर सुस्तायो, निक्षेप पनि घट्यो

  २०७७ माघ ६ गते १४:३१     विकासन्युज

काठमाडौं । पुुस महिना तीव्र रुपमा बढ्दै गएको वाणिज्य बैंकहरुको कर्जा लगानी माघ महिनामा भने घटेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार माघको पहिलो हप्तामा बैंकहहरुको कर्जा लगानी र निक्षेप घटेको हो । पुसको तेस्रो र चौथो साता कर्जा लगानी रफ्तारमा थियो । तर, माघको पहिलो हप्ता आएर कर्जा लगानी सुस्ताएकाे हाे ।

पुसको तेस्रो साता बैंकहरुले २४ अर्ब कर्जा प्रवाह गरेको थिए भने चौथो साता ५९ अर्ब ऋण लगानी गरेका थिए । तर, माघको पहिलो हप्तामा पुसको चौथो हप्ताको तुलनामा माघ पहिलो हप्तामा ८ अर्बले घटेको छ । हालसम्म वाणिज्य बैंकहरुले ३२ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यता वाणिज्य बैंकहरुको निक्षेपमा पनि माघ लागेसँगै कम भएको छ । माघ २ गतेसम्मको तथ्यांक अनुसार निक्षेपमा पनि ३ अर्बको कमि आएको छ । पुसको अन्तिमसम्म ३७ खर्ब ८२ अर्ब रहेको निक्षेप माघमा आएर ३७ खर्ब ७९ अर्बमा सीमित भएको हो ।

पुस महिना बैंकहरुका लागि त्रैमासिक साँवाब्याज उठाउने समय हो । बैंकहरुले यो समयमा ऋणीहरुलाई थप कर्जा दिएर त्यही पैसाबाट ब्याज भुक्तानी गर्ने भएकाले पनि पुस महिनामा कर्जा बढेको बुझ्न सकिन्छ ।

चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकहरुमा २ खर्ब ९२ अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले ३ खर्ब ३३ अर्ब कर्जा प्रवाह गरेका छन । गत असारको अन्तसम्म बैंकहरुमा ३४ खर्ब ८७ अर्ब निक्षेप रहेको थियो । सो अवधिसम्म बैंकहरुले २९ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.