हिमालय एयरलाइन्स परीक्षण उडानको लागि ल्हासा तर्फ

  २०७७ माघ ६ गते १३:०३     विकासन्युज

काठमाडौं । हिमालय एअरलाइन्सले मंगलबार आफ्नो पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ः१७ बजे  उडेकाे एअरलाइन्सकाे जहाज ल्हासा १०:४६ मा पुगेकाे छ ।

परीक्षण उडानकाे नेतृत्व वरिष्ठ क्याप्टेनहरुसहित एअरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, चालक दलले गरेका छन् । चालक दलले ल्हासास्थित गोंगर अन्तर्राष्ट्रिय विमान स्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने छन् ।

जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी रहेकाे ल्हासा संसारभरका पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

परीक्षण उडानका लागि एअरलाइन्स्ले सन् २०२० को मार्च महिना मै विशेषतः उच्च उचाईका लागि उडान भर्न एच ९ एजेके नाममा दर्ता भएको नवीनतम न्यारोबडी हवाइ जहाज प्रयोगमा ल्याएको छ । १२० इकोनोमि र ०८ विजिनेस क्लास सिटको व्यवस्था भएको उक्त एअरक्राफ्ट उच्च उचाईको उडान भर्नको लागि परिमार्जित छ र अधिकतम १४,५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.