डेकाईडो एक्सप्रेसः नेपालमै पहिलोपल्ट खुल्यो जापानीज फास्ट फुड काउन्टर

  २०७७ माघ ६ गते १९:१२     विकासन्युज

काठमाडौं । नेपालमै पहिलोपटक जापानीज फाष्ट फुड काउन्टर डेकाईडो एक्सप्रेस खुलेको छ । महाराजगंजस्थित भाटभटिनीमा पहिलोपल्ट जापानीज फाष्ट फुड काउन्टर डेकाईडो एक्सप्रेस खुलेको हो ।

अर्जुन अधिकारीद्धारा संचालित होकाईडो रामेन हाउसले भाटभटिनी सुपरमार्केटसँगको सहकार्यमा उक्त फास्ट फुड काउन्टर खोलेका हुन् ।

डेकाईडो एक्सप्रेसमा छिटो छरितो जापानी फाष्ट फुड र पेय पदार्थ सुलभ मुल्यमा पाउने अधिकारीले बताए ।

होकाईडो रामेन हाउसले यसअघि भाटभटिनीमा जापानीज बेन्तो(लन्च बक्स) का साथै जापनी ओसाकेहरु बिक्रि गर्दै आइरहेको छ ।

लामो समय जापानमा बसेर जापानीज खानाको क्षेत्रमा काम गरेका अधिकारीले नेपालमा विश्व प्रशिद्ध जापानीज खानाको स्वाद परिचित गराउन होकाइडो रामेन हाउस सुरु गरेका थिए ।
अधिकारीले थप छ वटा स्थानमा डेकाईडो एक्सप्रेसको फाष्ट फुड काउन्टर खोल्ने तयारी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.