३० अर्ब ६६ करोड लगानी थप्दै एनसेल, गत वर्षकाे लाभांश साढे १७ अर्ब रूपैयाँ

  २०७७ माघ ५ गते २१:१७     विकासन्युज

काठमाडौं । एनसेल एक्जियटा लिमिटेडले टेलिकम्युनिकेशन क्षेत्रमा थप ३० अर्ब ६६ करोड रुपैयाँ लगानी विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले फोरजी सेवालाई फाइभजी सेवामा स्तरउन्नती गर्न ठूलो लगानीको तयारी गरेको हो ।

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले चार महिनाअघि पत्रकारहरूसँगकाे भर्च्यूअल कुराकानीमा नेपालीले छिट्टै फाइभजी सेवाको स्वाद लिन पाउने बताएका थिए ।  उनले विकसित नयाँ प्रविधि नेपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने बताएका थिए ।

पछिल्लो समय विकसित प्रविधि फाइभ जी फोरजीमा भन्दा धेरै सुविधा रहेको र उच्च गतिको इन्टरनेट सेवा लिन सकिने प्रविधि हो ।

नेपालमा फाइभजी सेवा सञ्चालन गर्न अनुमति दिने विषयमा सञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गृहकार्य गरिरहेको छ । प्राधिकरणले फाइभजी सेवा परीक्षण स्वीकृति दिने विषयमा नीतिगत निर्णय गर्न मन्त्रालयमा प्रस्ताव पेस गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । प्राधिकरणले फाइभजी सेवाको लागि फ्रिकेन्सी बाँडफाँड, लागत निर्धारण लगायतको विषयमा पनि गृहकार्य शुरु गरेको हो ।

एनसेलले सहयाक कम्पनी खोलेर पेमेन्ट सर्भिस प्रोभाइडरको काम समेत गर्न लागेको बताइएकाे छ ।

नयाँ सेवा विस्तारकाे लागि कम्पनीले ३० अर्ब ६६ कराेड ६६ लाख ७० हजार रूपैयाँ लागतकाे याेजना बनाएकाे छ । उक्त लगानी जुटाउन कम्पनीले नेपाली बैंकहरुसँग कर्जा माग प्रस्ताव समेत गरेको छ ।

कम्पनीको माग अनुसार विभिन्न बैंकहरुले कर्जा लगानी गर्न तत्परता पनि देखाएका छन् । एनसेल नेपालको सबैभन्दा ठूलो कारोबार गर्ने, सरकारलाई सबैभन्दा बढी कर तिर्ने र सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनी हो ।

यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाइ करिव साढे १७ अर्ब रूपैयाँ वितरण गरेकाे छ । एनसेलमा ८० प्रतिशत लगानी रहेकाे विदेशी साझेदार एक्जियता ग्रुपले मात्र नाफाबाट मात्र करिव १४ अर्ब रुपैयाँ लाभांश लगेको छ । नेपाल राष्ट्र बैंकले गत मंसिरमा मात्र एक्जियटा ग्रुपलाई एनसेलको नाफाबाट करिव १४ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लैजान स्वीकृति दिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.