सनराइज बैंकका ग्राहकलाई पोखराको सांग्रिला भिलेज रिजोर्टमा विशेष छुट

  २०७७ माघ ५ गते १९:२८     विकासन्युज

काठमाडौं । सनराइज बैंकका ग्राहकले पोखराको सांग्रिला भिलेज रिजोर्टका विभिन्न सेवामा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विभिन्न सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखराको सांग्रिलामा खाना, बेबरेज, बेकरी, सौना र पुल सुविधाको सनराइज बैंकको क्रेडिट र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं” अभियान अनुरुप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकको अपेक्षाअनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.