नेपाली बजारमा होण्डा सिटीको दुई भेरियन्ट लन्च, यस्ता छन् मूल्य र विशेषता ?

  २०७७ माघ ५ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले होण्डा सिटीको ५औं जेनरेशनलाई नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले आज (माघ ५ गते) धोबिघाट शोरुमबाट होण्डा सिटीको दुई भेरियन्टहरु होण्डा भीएक्स सीभीटी र जेड एक्स सीभीटी लन्च गरिएको हो ।

नेपाली बजारमा होण्डा सिटी भीएक्स सीभीटीको मूल्य ६५ लाख ९० हजार रुपैयाँ र होण्डा सिटी जेडएक्स सीभीटीको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

होण्डा सिटी पहिलो पटक लन्चभएदेखि यसले सेडान कारहरुको बजारमा आफ्नो पृथक पहिचान बनाएको छ । आकर्षक डिजाइन भएकोे होण्डा सिटीको यस जेनरेशनको लम्बाई र चौडाई अघिल्लो जेनरेशनभन्दा बढी रहेको छ ।

होण्डा सोलिड विइङ्ग फेस डिजाइनमा आधारित यस होण्डा सिटीमा वन् टच् इलेक्ट्रिक सन्रुफ, शार्क फिन् एन्टेना, फुलएल.इ.डी. हेडल्याम्पका साथै ९ एरे इनलाइन शेल इनटिग्रेटेड् एलईडी डिआरएल, एल आकार एल.इ.डी. टर्न इन्डिकेटर, जेड आकार थ्रीडी र्याप एराउण्ड यूनिफर्म एलईडी साइड मार्क लाइट जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् ।

यसका साथै होण्डा सिटीले पहिलो पटक यस सेग्मेन्टमा एलेक्साभ्वाईस सर्भिस मार्फत कार उपभोक्तालाई सामाजिक र डिजिटल संसारसँग जोड्ने छ ।

उत्कृष्ट माइलेज रहेको होण्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनमा १८.४ कि.मि. प्रतिलिटर र ६ स्पिड म्यानूयल ट्रान्समिसनमा १७.८ कि.मि. प्रति लिटरको माइलेज प्राप्त गर्न सकिने छ । यसका साथै यस सेग्मेन्टमा लेन वाँच क्यामेराभएको होण्डा सिटी पहिलो सेडान हो जसले गर्दा सहज पार्किङ्ग गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.