आज दिनभर: निर्वाचन गर्न ८ अर्ब चाहिने, स्वराेजगार बन्न ३ लाख पाइने

  २०७७ माघ ५ गते १८:२७     विकासन्युज

आगामी बैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनका लागि ८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले मध्यावधि निर्वाचन गराउनको लागि ८ अर्ब रुपैयाँ लाग्न सक्ने प्रारम्भिक अनुमान गरेको हो ।

आइतबार निर्वाचन आयोगले अर्थ सचिव शिशिर ढुङ्गानासँग छलफल गर्दा ८ अर्ब रुपैयाँ खर्च लाग्न सक्ने अनुमान छलफलमा भएको बुझिएको छ । यस्तै, सीडीएस एण्ड क्लियरिङ्ग(सीडीएससी) ले आगामी माघ ११ गतेदेखि ‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउने भएकाे छ ।

सञ्‍चालक समितिको निर्णयानुसार सीडीएससीले साे दिनदेखि धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्रलाई दुई कार्य दिन‘टी प्लस टू’भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने भएकाे हाे ।

यी हुन् आज दिनभरका सामग्री:

घरजग्गा कारोबारमा उछाल

पुस महिनामा घर जग्गा कारोबारमा निकै उछाल आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा घर जग्गा कारोबारमा मंसिर महिनाको तुलनामा निकै उछाल आएको हो । विभागका अनुसार देशभर २ लाख १४ हजार २ सय ६० वटा घरजग्गा कारोबार भएको छ ।

‘टी प्लस टू’ माघ ११ गतेदेखि नै कार्यान्वयनमा आउने

सीडीएस एण्ड क्लियरिङ्ग(सीडीएससी) ले आगामी माघ ११ गतेदेखि ‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउने भएकाे छ । सञ्‍चालक समितिको निर्णयानुसार सीडीएससीले साे दिनदेखि धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्रलाई दुई कार्य दिन‘टी प्लस टू’भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने भएकाे हाे ।

म व्यवसाय गर्छु भनेर आउनेलाई ३ लाख दिन्छाैं: अध्यक्ष तामाङ

बाग्मती प्रदेशको रामेछाप जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो दोरम्बा । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित छ । दोरम्बा गाँउपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकिृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र पनि हो । मुलप्रवाह क्षेत्र बनाएर अविरल रुपमा बगिरहने चौरी खोला, घट्टेखोला र धोवी खोला यो गाँउपालिकाको मुख्य प्राकृतिक सम्पदाहरु हुन् ।

जसलाई बैंकले बिनाधिताे ८ कराेड कर्जा दियाे

बाबुराम कार्कीले शुरुमा आफ्नै परिवारको प्रयोजनका लागि मात्र गाई पाले । त्यो भन्दा पर उनले सोचेका पनि थिएनन् । उनले भक्तपुरको दुधपाटीमा दुइटा गाई पाल्न सुरु गरे । आफूलाई पुगेपछि उनले छिमेकीलाई बेच्न थाले । बिस्तारै माग बढ्दै गयो । कार्कीले दुईबाट गाईको संख्या ६ पुर्‍याए ।

मध्यावधि निर्वाचन गर्न ८ अर्ब चाहिने

आगामी बैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनका लागि ८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले मध्यावधि निर्वाचन गराउनको लागि ८ अर्ब रुपैयाँ लाग्न सक्ने प्रारम्भिक अनुमान गरेको हो । आइतबार निर्वाचन आयोगले अर्थ सचिव शिशिर ढुङ्गानासँग छलफल गर्दा ८ अर्ब रुपैयाँ खर्च लाग्न सक्ने अनुमान छलफलमा भएको बुझिएको छ ।

नेप्सेको उचाई कायमै

सोमबार पनि नेप्सेको उचाई कायमै रहेको छ । अघिल्लो सातादेखि निरन्तर नयाँ उचाई चुमेको नेप्से परिसूचक आज पनि नयाँ उचाईमा पुग्न सफल भएको छ । सोमबारको बजारमा परिसूचक १७.३१ अंकले बढेर २३३२ बिन्दुमा पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले निकाल्यो लोडसेडिङ तालिका

नेपाल विद्युत प्राधिकरणले लाेडसेडिङ्काे तालिका सार्वजनिक गरेकाे छ । जुम्लाका विभिन्न स्थानमा दैनिक बत्ति जाने प्राधिकरणले सूचना मार्फत जानकारी दिएकाे छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले अब दैनिक लोडसेडिङ गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

पूर्व मुख्यसचिव रेग्मी बेलायतको राजदूतमा नियुक्त

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी राजदूतमा नियुक्त भएका छन् । उनी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका हुन् ।

नेपालमा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस

नेपालमा पनि नयाँ प्रजातिकाे काेराेना भाइरस देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बेलायतबाट आएका तीन नेपालीमा नयाँ प्रजातीकाे काेराेना भाइरस देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।

रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो ।

सूर्या लाईफ इन्स्योरेन्सको साढे १० प्रतिशत लाभांश पारित

सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज माघ ५ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.