तार मर्मत गरे वाफत ५ हजार घुस लिने विद्युत प्राधिकरणका कर्मचारी विरुद्द मुद्दा

  २०७७ माघ ५ गते १६:३६     विकासन्युज

काठमाडौं । विद्युतको पोल तथा तार मर्मत गरे वाफत घुस लिने विद्युत प्राधिकरण तनहुँ वितरण शाखाका कर्मचारी विरुद्द मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो वितरण केन्द्रका कर्मचारी कृष्ण आले विरुद्द विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आलेले सेवाग्राहीको काम गरिदिए वापत गैरकानूनी रुपमा अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले पाँच हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा आलेले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेकको अतिरिक्त ५ हजार घुसररिसवत माग गरी लिएको अवस्थामा बरामद भएको हुँदा उनाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर भएकोले आलेलाई पाँच हजार बिगे कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९क० बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बताइएके छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.