फेसबुक भन्दा टिकटक बढी लोकप्रिय

  २०७७ माघ ५ गते १४:५०     विकासन्युज

एजेन्सी । सामाजिक सञ्जाल फेसुबक भन्दा प्रयोगकर्ताका हिसाबले टिकटक बढी लोकप्रिय देखिएको छ । सन् २०१९ मा फेसबुक र म्यासेन्जरभन्दा बढी डाउनलोड भएको यो एप्सले २०२१ सम्म त फेसबुकलाई उछिनिसकेको छ ।

मोबाइल एप एनालाइटिक्स फर्म एप एनिका अनुसार सन् २०२० मा टिकटक सबैभन्दा बढी डाउनलोड हुने एपका रुपमा रेकर्ड राखेको छ । छोटो भिडिओ सेयर मिल्ने टिकटकका प्रयोगकर्ताहरु पछिल्ला दिनमा संसारभर बढिरहेका छन् । एन्ड्रोइड र आइओएस डिभाइस दुबैमा प्रयोगकर्ताहरु बढेका छन् । एप एनिका अनुसार सन् २०२१ मा पनि टिकटकले सर्वाधिक बढी प्रयोगकर्ता बढाउँदै रेकर्ड ब्रेक गर्नेछ ।

सन् २०१६ को सेप्टेम्बरमा लन्च भएको टिकटक छोटो समयमै लोकप्रिय बन्यो । हाल संसारभर टिकटक प्रयोगकर्ताहरुको संख्या १ अर्ब २० करोड पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.