काेराेना भाइरस: पूरानाेभन्दा नयाँ खतरा, संक्रमणदर पनि उच्च

  २०७७ माघ ५ गते १४:५०     विकासन्युज

काठमाडौं । नेपालमा भेटिएको नयाँ प्रजातीको कोरोना भाइरस पूरानो भन्दा खतरा भएको बताइएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पूरानोभन्दा नयाँ प्रजातीको कोरोना भाइरस खतरा देखिएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ प्रजातिको कोरोना देखिएको जनाएको छ । बेलायतबाट आएका तीन जना व्यक्तिमा देखिएको यस नयाँ प्रजातिको कोरोना भाइरस बेलायतमा देखिएको कोरोना भाइरस रहेको पुष्टि भएको छ ।

गत सेप्टेम्बरमा पहिलोपल्ट बेलायतमा देखिएको यस नयाँ कोरोना भाइरस हालसम्म ४५ वटा दशमा फैलिसकेको छ । बेलायत लगायत अन्य देशमा यसकाे कारण पुन: लकडाउन घाेषणा गरिएकेा छ । यस नयाँ प्रजातिको कोरोना भाइरस यस अगाडिको प्रजातिभन्दा उच्च गतिमा एक देखि अर्को व्यक्तिमा सर्ने बताइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाको अनुसार पनि हालसम्मको अध्यनले यस नयाँ प्रजातिको भाइरसको संक्रमण दर उच्च रहेको देखाएको बताइन् । यस बाहेक नयाँ प्रजातीकाे भाइरसको बारेमा थप जानकारी नरहेको उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.