साेमबार पनि घट्याे सुनकाे मूल्य

  २०७७ माघ ५ गते ११:०२     विकासन्युज

काठमाडाैं । साेमबार सुनकाे मूल्य २०० रुपैयाँले घटेकाे छ । आइतबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा काेराेबार भएकाे सुन साेमबार ताेलाकाे ९१ हजार ६ सय रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेकाे छ । आइतबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएकाे तेजाबी सुन प्रतितोला २ सयले घटेर ९१ हजार १ सय रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने थथावत अर्थात प्रतिताेला १२३० रुपैयाँ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.