मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले लिइन् शपथ

  २०७७ माघ ४ गते १८:०८     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले आज (माघ ४ गते) नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन् ।

संस्थाको हालै सम्पन्न १३ औंं वार्षिक साधारण सभापछि बसेको बैठकले उनलाई संस्थाको अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

तेह्रौ वार्षिक साधारण सभाबाट संस्थापक समूहका सेयरधनीकातर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण सेयरधनीकातर्फबाट दिलमान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् ।

सभाले २३.५० प्रतिशत लाभांश स्वीकृत गरको छ । जसमध्ये नगद लाभांश ५.५ प्रतिशत र बोनस सेयर १८ प्रतिशत रहेको छ । बोनस सेयर बाँडफाँड पश्चात संस्थाको चुक्ता पुँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

राष्ट्रिय स्तरको संस्थाले हालसम्म ९ अर्ब रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाले न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगञ्जशाखाबाट कारोबार गरिरहेको छ ।

यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग, एटीएम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचार

मञ्जुश्री फाइनान्सको साढे २३ प्रतिशत लाभांश पारित, अध्यक्षमा घिमिरे चयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.