घरेलु महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ, महिला उद्यमीमा कल्पना

  २०७७ माघ ४ गते १०:०४     विकासन्युज

दमौली । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासङ्घको २१औँ अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा बलराम घिमिरे, उपाध्यक्षमा प्रकाशचन्द्र हड्खले, महासचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमुरारी मिश्र र सदस्यमा सीता खनाल, निरु भुजेल, शान्ति कुँवर, सीता अधिकारी, धनमाया राना, हर्षमान श्रेष्ठ (साइराम), धनमाया पौडेल, सरु कुमाल, विष्णुकुमार श्रेष्ठ, पार्वती महत, रन्जु थापा श्रेष्ठ, सङ्गीता उचाइ चयन हुनुभएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा बमबहादुर थापा, रोहिणीराज लौडारी, मछिन्द्रादेवी श्रेष्ठ र रामजी लौडारी चयन भएका छन् ।

महिला उद्यमीमा कल्पना

अधिवेशनबाट महिला उद्यमी विकास समितिको अध्यक्षमा कल्पना गौली सर्वसम्मत निर्वाचित भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा कृष्णकुमारी रानाभाट, उपाध्यक्षमा सपना श्रेष्ठ, महासचिवमा सिर्जना कोइराला, कोषाध्यक्षमा धनमाया पौडेल र सदस्यमा जानकी थापा, कल्पना थापा, खिरमती मगर, तुलसी साह, धनमाया राना, शर्मिला विक, विमला श्रेष्ठ र भवि दुरा चयन हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा वसुन्धरा घर्ती, उमा श्रेष्ठ, अस्मिता खनाल र सरस्वती श्रेष्ठ चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.