नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न

  २०७७ माघ २ गते २१:०४     विकासन्युज

काठमाडौं । नेपाल हस्तकला महासंघको ४०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । महासंघले जिल्ला प्रशासन कार्यालय काठमाडौंंबाट स्वीकृति लिई पुस २९ गते बुधबार महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यको सभापतित्वमा भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो ।

उक्त साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष सागर समशेर राणाले गरेका थिए । सो सभामा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङ्ग, नेपाल सरकारका उद्योग, सचिव श्री चन्द्र कुमार घिमिरे , वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए ।

त्यसैगरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्याकारी निर्देशक शरद बिक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंशले भर्चुअल जुम बाट शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिक सभाको बन्द शत्रमा कार्यसमितिको वार्षिक प्रतिवेदन, वित्तिय प्रतिवेदन माथि छलफल भई पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.