प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने प्रचण्ड माधव पक्षको निर्णय

  २०७७ माघ २ गते २०:४६     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्य विपरित काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरित गतिबिधि गरेको भन्दै कारवाही गर्ने निर्णय गरेको बैठक पछि नेता भीम रावलले जानकारी दिए ।

यस्तै बैठकले आगामी माघ १६ गते काठमाडौं हुने राजधानी केन्द्रित प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरुलाई पनि टुंगो लगाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.