सानिमा बैंक ललितपुरको महालक्ष्मीमा, मह जोडीले गरे उद्घाटन

  २०७७ माघ २ गते १५:२७     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ललितपुरको इमाडोल नजिकै महालक्ष्मीमा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले गरेका हुन् ।

उद्घाटन् समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

हाल बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टरर ८३ वटा एटीएम संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.