नव-निर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनले घोषणा गरे १९ खर्ब डलरको राहत प्याकेज

  २०७७ माघ २ गते १३:२२     विकासन्युज

एजेन्सी । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना महामारी र आर्थिक संकटसँग जुझ्न १.९ ट्रिलियन डलर (१९ खर्ब डलर) को आर्थिक प्याकेजको घोषणा गरेका छन् । कोरोना महामारीले अमेरिकामा मानविय र धनजनको ठूलो क्षति पुर्‍याएको छ । बाइडेनले यसलाई ‘गहिरो मानविय संकटको घडी’ का रुपमा व्याख्या गरेका छन् ।

बाइडेनले अगाडी सारेको यो आर्थिक प्याकेज महत्वकांक्षि छ । भ्याक्सिन टेस्ट गर्नकै लागी १ सय ६० बिलियन डलर छुट्याइएको छ । स्वास्थ्य सम्बन्धि अन्य कार्यक्रम र स्थानिय सरकारका लागी ३ सय ५० बिलियन बजेट छुट्याएको छ । महामारीबाट पीडित परिवारको राहतका लागी १ ट्रिलियन खर्च गरिने उनले घोषणा गरेका छन् । त्यस्तै बेरोजगारी भत्ता पनि छुट्याएको छ । ‘अब खेर फाल्ने समय छैन ।’ डेमोक्रेटिक पार्टीबाट चुनाव जितेका बाइडेन भन्छन्, ‘हामीले काम गर्नुपर्छ । र, हामीले अहिल्यै काम गर्नुपर्छ ।’

बाइडेनको यो प्रस्ताब अमेरिकी कंग्रेसबाट पारित भएमा प्रतिव्यक्ति ६ सय देखी १ हजार ४ सय अमेरिकी डलर दिइनेछ । बेरोजगार भत्तामा पनि केही रकम बढाईएको छ । सेप्टेम्बरसम्मका लागी हरेक हप्ता ३ सयदेखी ४ सय डलरका दरले बढाईनेछ । ‘कोरोना महामारीका कारण लाखौं अमेरिकीहरुले बिना गल्ती आफ्नो जागिर गुमाएका छन् । त्यसको साथमा इज्जत र प्रतिष्ठा पनि गुमाएका छन् ।’ बाइडेनले बिहिबार विल्मिङ्टनमा भने ‘अर्थतन्त्रका कारण पीडा भोग्नु परेको छ ।’ कोरोना महामारीका कारण उब्जिएको समस्या समाधान गर्न उनले बाचा नै गरेका छन् । आफ्नो १ सय दिनको कार्यकालमा पर्याप्त काम गर्ने उनले बताएका छन् ।

बाइडेनले छिटै नै अमेरिकाका राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्दै छन् । कोरोना महामारीकै कारण अमेरिकामा ३ लाख ८५ हजार मानिसको मृत्यु भईसकेको छ । कोरोना महामारीपछि बेरोजगारको संख्या पनि ९ लाख ६५ हजार पुगिसकेको छ । जब कि महामारी अगाडी त्यो संख्या लगभग २ लाख २५ हजार थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.