कृषिलाई आधुनिकिकरण गर्नतर्फ लागि रहेका छौंः अध्यक्ष पाण्डे

  २०७७ माघ १ गते १७:३८     विकासन्युज

बाग्मती प्रदेश नुवाकोट जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो तादी । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित छ । यो गाँउपालिका काठमाडौको उत्तर–पश्चिम दिशामा रहेको नुवाकोट जिल्लाको बिच भागमा रहेको सुन्दर गाँउपालिका हो । यस क्षेत्रमा सदावहार कन्चन पानी बगिरहेको प्रसिद्ध नदि तादिको नाम बाट यस गाँउपालिकाको नाम ‘तादि’ नामकरण गरिएको हो  । जलस्रोत,कृषि उधोग, पर्यटन, शिक्षा, स्वास्था, जस्ता क्षेत्र यस गाँउपालिकाको बिकास संभावना बोकेका क्षेत्र हुन् । कोरोनाको समय पछि गाँउपालिकाले विकास निमाणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? युवालाई रोजगारी अवसर गाँउपालिकाले कसरी सिर्जना गरिरहेको छ भन्नेलगायतका विषयमा सो गाँउपालिकाका अध्यक्ष नारायण प्रसाद पाण्डेसँग विकासन्युजका राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानी ।


गाँउपालिकामा कोरोनाले के–कस्तो असर पु¥याएको छ, हालको अवस्ता कस्तो छ ?

यही नै असर पर्यो भन्ने खालको असर नपरे पनि सामान्य असर भने सबैलाई नै पर्यो । हामीले गाउँपालिकामा कोरोनको प्रभाव पर्नु भन्दा पहिलानै पूर्व तयारी गरिसकेका थियाै‌ं । हामीले गाँउपालिकामा स्वास्थ्यकर्मी सहितको क्वारेन्टिन आइसोलेसनको निमार्ण गरेको थियांै । जम्मा १० वटा आइसोलेसन र २० वटा क्वारेन्टिन निमार्ण गरेका थियौं । गाँउपालिकामा हालको अवस्था सामान्य रहेको छ । अहिले चाहिँ गाउँपालिकामा कुनैअसर छैन ।

कोरोनाको समयपछि गाँउपालिकाले विकास निमार्णका कामहरु कसरी अगाडि बढाइ रहेको छ ?

कोरोनाको समयमा केहि महिना कार्यलयहरुनै बन्दा भए । कोरोनाको कारण केहि महिना विकास निमार्णको कामहरु रोकिएका थिए । त्यसपछि नियमित बजेटका कामहरु, त्यसैगरी प्रदेश सरकारको कामहरु,संघिय सरकारका कामहरु भइरहेका छन् । गाँउपालिका बिद्युत, खानेपानी, सडकको मर्मत लगायतका कामहरु भइरहेका छन् । वार्षिक विकासको लागि हामिले १५ करोड रुपैया छुटाउँदै आएका छौं ।

गाँउपालिकामा कस्तो किसिमको योजानालाई प्राथमिकता राखेर काम गरिरहनु भएको छ ?

अहिलेसम्म हामीले गाँउपालिकामा भौतिक पूर्वाधारलाई नै अगाडि सारेका थियौं । त्यसपछि कृषि, सिचाईँ र अन्य विद्यायालयको भौतिक पूर्वाधार आदिलाई पा्रथमिकता राखेर अगाडि बढिरहेका छौं । गाँउपालिकामा रहेका सबै वडाहरुमा सडक पुगिसकेको छ । गाँउपालिकामा रहको केहि सडकहरु कालोपत्रे भइसकेका छन् भने केहि सडकहरु कालोपत्रे गर्ने तयारीमा छौं ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ?

स्थानीय तह र प्रदेश सरकारसँग हामीले खासै राम्रोसँग समन्वय गरेको जस्तो मलाई लाग्दैन । प्रदेश सरकारमा रहेका सामंसदहरुले आ–आफनै इच्छा चाहना अनुसारको बजेट बिनियोजन गरी रहनु भएको छ । विकास निर्माणका काममा प्रदेश सरकारले स्थानिय तहलाई शसक्त बनाउनु पर्ने थियो त्यो राजनीतिक कारणले पछि परेको छ । प्रदेश सरकारले समपुरक योजना गरेर ४ कारोड रुपैयाँ विनियोजन गरेको छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् ?

स्थानीय तहमा धेरै समस्या रहेको छ । बजेटको अभाव छ । कर्मचारीको अभाव छ । जनताको इच्छा चाहाना धेरै रहेका छन् । प्रदेश सरकारको योजना कार्यक्रम भएपनि संघीय सरकारको योजना पनि स्थानीय तहमा हुने भएकाले केहि कार्यक्रमहरुमा समस्या छन् ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारबाट सोचे अनुसारको सहयोग मिलेको छैन । केन्द्र सरकारबाट आयोजनाहरु गाँउपालिकामा परेको छ । ठुला बजेटहरु विनियोजन भएको छ । योजनाहरु सानो बजेट रकम छुट्याएको छ ।

आफ्नो गाँउपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ?

हाम्रो गाँउपालिकामा पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरिरहेका छाैं । गाँउपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रको प्रचार–प्रसार गरिरहेको छौं । आन्तरीक पर्यटनको रुपमा गाँउपालिमा रहेको वडा नं ४ को बाघमारा भन्ने ठाउँलाई प्राथमिकतामा राखेका छांै । त्यो ठाँउ सम्म केहि आन्तरिक पर्यटकहरु गरेका छन् । गाँउपालिकामा पर्यटकको लागि २ वटा मुख्य क्षेत्र रहेको छन् । गाँउपालिका र पर्यटन बोर्डको सहयोगमा, पुर्वधारको रुपमा विकासहरु पनि गरिरहेका छौं ।

कोरोना भाइसकले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ?

कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । लकडाउनको समयमा ८/९ महिना विद्यालयहरु बन्द भए । बन्द सँगसगै विद्यार्थीको पठन–पाठन पनि बन्द भयो । एसईईको परिक्षा सरकारले स्थगित गरेको थियो । लकडाउन गर्नु पर्ने समयमा सरकारले लकडाउन गरेन । लकडाउन नगर्नु पर्ने समयमा लकडाउन गर्यो । त्यसैले गर्दा हामीले विद्यार्थीलाई विभिन्न तरीकाले पठन पाठन गरायाैं । सामजिक दूरी कायम गरी पठन पाठन सञ्चालन गर्यौं । हामीले विद्यार्थीलाई सेनिटाइजर,माक्स पनि वितरण गर्यौं ।

गाँउपालिकामा इन्टरनेटको पहुँच कम भएकोले अनलाइनबाट बढाउन सकिएन । तर विद्यार्थी विद्यालयमै बोलाएर सामजिक दुरी कयम गर्ने लगाएर पठन पाठन सञ्चालन ग¥यौं । हाल गाँउपालिकामा कोरोनाको प्रभाव छैन । गाँउपालिकामा रहेका सबै विद्यालयको पठन पाठनहरु सञ्चालन भइरहेका छ ।

गाँउपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

गाँउपालिकामा युवा रोजगारको लागि विभिन्न कार्यक्रमहरु राखेका छौं । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि रहेको छ । त्यो कार्यक्रमहरु पनि हामीले सञ्चालन गरेका छौं । गाँउपालिकामा विभिन्न तालिमहरु सञ्चालन गर्दै आएका छौं । गाँउपालिकाको सिफारिसमा तालिम पा्रप्त गरेपछि सहुलियत ऋण पनि उपलव्ध गराउने योजना पनि रहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १ करोड रुपैंया बजेट रहेको छ । युवाहरुले के सीप लिन चाहन्छन् त्यो सिप अनुसारको गाँउपालिकाले युवाहरुको समस्य के हो कस्तो किसिमको तालिम लिन चाहन्छन्, आर्थिक उन्नती कसरी हुन्छ भन्ने बारेमा विभिन्न कार्यक्रम गर्दै आएका छौं ।

गाँउपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

हाम्रो गाँउपालिका कृषिको लागि सम्भावित क्षेत्र हो । मुख्य गरेर कृषिमा आलु, धान, मकै, उत्पादन हुन्छ । पहाडी भेगमा कोदो, गाउँ उत्पादन हुन्छ । त्यसको लागि साना सिचार्इँ आयोजना तथा मझैला सिचाईँहरुमा बजेट छुट्याउने, मर्मत गर्ने गरिरहेका छौं । हामीले अनुदान पनि माग गरेका छौं । पशुपालन गर्ने अनुदान र कृषकलाई विभिन्न खाले जस्तो किटनाशक औषधिहरु ,बिउ बिजनहरु टनेल पनि वितरण गर्दै आइरहेको छौं । लशुन, करेला, विभिन्न प्रकारका तरकारी बिउहरु वितरण गर्दै आइरहेका छौं । यी तरकारीका बिउहरु गाँउपालिकाले निःशुलक रुपमा वितरण गर्दै आइरहरको छ ।

कृषिको लागि हामीले ७५ लाख रुपैयाँ छुटाउँदै आएका छौं । गाँउपालिकाले कृषकलकई सिधै ऋण उपलब्ध गराउँदैन । हामीले विभिन्न बैंकसँग सम्झौता गरेर कृषकको लागि ऋण उपलब्ध गराउने गरेका छौं । उन्नत जातका बाख्रा, गाई पालन र कृषिलाई आधुनिकिकरण गर्नेको लागि गाँउपालिकामा विभिन्न कार्यक्रहरु रहेका छन् । दक्ष कर्मचारीको अभाव रहेको छ ।

गाँउपालिकामा सर्वसाधारणहरु के–कस्ता समस्याहरु लिएर आउने गरेका छन् ?

गाँउपालिकामा मानिसहरु धेरै समस्याहरु लिएर आउने गरेका छन् । प्रायः गरेर खानेपानीको समस्या, औषधी उपचारको समस्या रहेको छन् । हामी स्थानीय सरकारमा आइपुगेपछि जनताको इच्छा चाहना धेरै रहेका छन् ।

तपाइको कार्यकालमा गाँउपालिकालाई कस्तो बनाउने योजना रहेको छ ?

काम गर्ने सपना ठूलो थियो । प्रयाप्त स्रोत साधन नभएकै कारण प्रभावकारी काम हुन नसकेको आभास भएको छ । तर, पनि युवालाई स्वरोजगार बनाउने र कृषिलाई आधुनिकिकरण गर्नेतर्फ हामी लागि रहेका छौं । हाल वडा भवनहरुको निमार्ण भइसकेको छ । सबै कर्यालयको भवनहरु निमार्ण भइसकेको छ । हरेक वडामा विद्युत पुगि सकेको छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालमा रहेका छन् । हामीले धेरै विकास निमार्ण गर्ने चाहेको छु तर सिमित बजेटको कारण विकास निमार्णमा ढिलाई भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.