लक्ष्मी लघुवित्तको २३ प्रतिशत लाभांश पारित

  २०७७ माघ १ गते १५:४१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २३.१६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।

नवौं बार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आ.व. २०७६/७७को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

कम्पनीले २०७७ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी २७ करोड ८३ लाखको ८.१६ प्रतिशत नगद लाभांश (कर समेत) र १५ प्रतिशतको बोनस सेयर पारित गरेको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्तापुँजी ३२ करोड ४५ हजार रुपैयाँ पुग्नेछ ।

साथै, अन्य इजाजतपत्रप्राप्त “घ”वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यककार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाई समेत निरन्तरता प्रदान गरेको छ ।

संस्थाले हाल आएर देशभर ५२ जिल्लाहरुमा ७२ वटा शाखा कार्यालयहरु मार्फत ९० हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । त्यस्तै गरी संस्थाले ५ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट १ अर्ब ८३ करोड रुपैयाँ बचत संकलन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.