श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १०.५३ प्रतिशत लाभांश पारित

  २०७७ माघ १ गते १४:०९     विकासन्युज

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको १०.५३ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै संस्थाका सेयरधनीले गत आवको नाफाबाट चुक्ता पुँजीको ७.३७ प्रतिशत बोनस र ३.१६ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश पाउने छन् ।

सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समिक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप ५ अर्ब २५ करोड रुपैयाँ र कर्जा सापट ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको तथा सम्पूर्ण कारोबार पछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्था पछि) ११ करोड १९ लाख रुपैयाँ भएको जानकारी गराएका छन् ।

उक्त बोनस पश्चात कम्पनीको जारी तथा चुक्ता पुँजी ८९ करोड ०१ लाख रुपैयाँ पुगेको छ ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्षले विषम परिस्थितिको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार वृद्धि हुनुमा आफ्ना ग्राहकसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा व्याज असुलितर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.