आजबाट अर्को बैंकको एटीएमबाट पैसा झिँक्दा शुल्क लाग्ने, बैंकले सेवाग्राहीलाई सूचना दिएनन्

  २०७७ माघ १ गते १३:१२     विकासन्युज

काठमाडाैं । आज (माघ १)बाट अर्को बैंकको एटीएमबाट पैसा झिँक्दा शुल्क लाग्ने भएकाे छ ।नेपाल राष्ट्र बैंकले पुस २३ गते सुचना जारी गर्दै माघ १ गतेदेखि लागु हुनेगरी अर्को बैंकको एटीएम प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेकाे थियाे ।

राष्ट्र बैंकले यस्ताे सुचना जारी गर्ने क्रममा सबै बैंकले ग्राहकहरुलाई यस विषयमा सूचना दिएर मात्र शुल्क काट्ने निर्देशन दिएकाे थियाे तर माघ १ गते दिउँसाेकाे १ बजिसक्दा पनि धेरै बैंकहरुले ग्राहकहरुलाई यस विषयमा जानकारी नदिएकाे पाइएकाे छ ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर बै‌ंकिङ् शुल्क र मोबाइल तथा इन्टरनेट बैंकिङ प्रयाेगमा शुल्क नलिन निर्देशन दिएको थियो । त्यसैले पनि सेवाग्राहीहरुले निशुल्क रुपमा मोबाइल तथा इन्टरनेट बैंकिङको प्रयोग गर्दै आएका थिए । अब भने सेवाग्राहीले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्दा शुल्क तिर्नु पर्ने भएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.