४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व संकलन, सरकारलाई लक्ष्य भेट्टाउन सकस

  २०७७ माघ १ गते ११:४०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा सरकारले ४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले हालसम्म ४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व संकलन गरेकाे हाे । । जुन लक्ष्यको ४१.७३ प्रतिशत हो ।

चालु आवको ६ महिना बितिसक्दा पनि ४१ प्रतिशत मात्रै राजश्व संकलन हुनु सरकारलाई लक्ष्य भेट्टाउनमा सकस देखिएकाे हाे । सरकारले १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ४ खर्ब २२ अर्ब रुपैयाँ मात्रै संकलन भएको हो । आज मात्रै ३३ अर्ब ७१ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

राजस्व संकलनमात्र होइन, बजेट खर्च पनि निकै कम भएको छ । त्यसमा पनि पुँजीगत खर्च त झनै निराशाजनक देखिएको हो। पुँजीगत खर्च १४.४० प्रतिशत मात्रै रहेको छ। ३ खर्ब ५२ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएकोमा हालसम्म ५० अर्ब रुपैयाँ मात्रै हालसम्म खर्च भएको महालेखा नियन्त्रकको कार्यलयले जानकारी दिएको छ।

आर्थिक वर्षको ६ महिना अवधि सकिएको छ। तर औद्योगिक व्यवसाय पूर्णरुपले सञ्चालन भएका छैनन्। त्यसमाथि राजस्व संकलन तथा बजेट खर्च समेत कमजोर हुँदा आर्थिक वृद्धिदरको लक्ष्यमा ठेस लाग्ने देखिएको हो।

नेपाल सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धि ७ प्रतिशत हुने आकलन गरेकोमा विश्व बैंकले एक प्रतिशत पनि नहुने अनुमान प्रक्षेपण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.