सेञ्चुरी बैंकले एकैदिन सम्पन्न गर्यो दुई वार्षिक साधारणसभा, १४ प्रतिशत लाभांश पारित

  २०७७ माघ १ गते ११:४२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैदिन दुई वर्षको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले पुस २९ गते एकैदिन नवौं तथा दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजीको ८ अर्ब ४१ करोडको ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनस सेयर पारित गरेको छ । उक्त बोनस सेयर वितरण पश्चात् चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७को मुनाफाबाट उक्त पुँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

यससाधारण सभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ ।

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२ अर्ब ४२ करोड रुपैयाँ र कर्जा रकम ६६ अर्ब ९३ करोड रुपैयाँ परिचालन गरी २२ करोड ०२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

सभा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.